बि पी को जन्मदिन मा सुनवार को उपचार को लागी एक लाख एक हजार को सहयोग।

जैमिनि नगरपालिका- ४ सर्कुवा मादी बस्ने नर बहादुर सुनार को साहिलो छोरा हरि बहादुर सुनार दुबै किड्नि खराब भै पोखरा मणिपाल अस्पताल मा उपचार गराइ रहेका छन्। नेपाल मा महङगो उपचार खर्च हुने किडनी को उपचार को लागी शशांक शर्मा (कृष्ण पौडेल) ले रु १०१००० (एक लाख एक हजार) को सहयोग गरेका छन। आफ्ना दुबै किडनी खराब भई पोखरा मा उपचार गरी रहेका सुनार को उपचार को लागी हातेमालो गरेको नेपाली कांग्रेस सर्कुवा को अनुरोध मा ब्यबसायी शर्मा ले यो सहयोग गरेका हुन।

शर्मा सर्कुवा कै हुन हाल बेलायत बा बसोबास गरी रहेका छन।शर्मा ले आफ्नो कमाई को केही भाग सामाजिक सहयोग मा खर्च गर्दे आएका छन।यसै साल सर्कुवा कै जनता मा बि मा बिज्ञान प्रयोगशाला बनाउन को लागी एक लाख एक हजार को सहयोग गरेका थिए।शर्मा को सामाजिक सहयोग बाग्लुंग मा मात्र सिमीत छैन।नेपाल का बिभीन्न ठाँऊ का बिद्धालय,पुस्तकालय,संघ संस्था,बिरामी र असक्त लाई शर्मा ले अहिले सम्म तिसौ लाख को सहयोग गरी सकेका छन।