अन्तरजा,’तीय बिवाहा गर्ने बिरेन्द्र बि,’क र मिना खत्रीलाई ज्यान लिने ध,’म्की परिवार माथी हातपात

काठमाण्डौ । बाँके जिल्ला राप्ती सोनारी वडा नं.८ का बिरेन्द्र वि.क. र मिना खत्री यही भदौ २२ गते भागी विवाह गरेका थिए । वाल्यकाल देखि संगै पढे, हुर्केका यी जोडी पछी विगत ४ वर्ष देखि प्रेम रहेका थिए । होटल व्यवस्थापन तर्फको ब्याचलर दोस्रो बर्षमा अध्ययनरत छन् भने मिना कोहलपुरमा कक्षा ११ मा पढ्दै गर्दा दलित केटासंग प्रेम गरेको थाहा पाए पछि परिवारले पढाई छुटाएर घरमा नै राखेका थिए । जव उनिहरुको प्रेम परिवारले थाहा पाए पछि मोवाईल देखि सम्पर्क हुने सवै कनेक्स टुटाएका थिए ।

मिना खत्री भन्छिन “हामी सानैका साथी थियौं विरेन्द्र असाध्यै लगनशिल र ईमान्दार थिए । म सानो देखि नै मन पराउथे तर विरेन्द्र सानो जातको भन्दै मेरो परिवारले पहिले देखि नै संगत नगर्नु भनि गाली गर्थे । वाल्यकालको साथी मेरो प्रेम बन्दै गयो । म आफैले नै प्रस्ताव राखे विरेन्द्रले लामो समय स्वीकार गरेनन् । समाजले सानो जात भन्ने समुदायको मान्छे हो म, हाम्रो प्रेम असम्भव छ । भोली तिम्रो परिवार र समाजले नत स्वीकार छ नत हामीलाई खुशीले बाँच्न नै दिन्छन् । मेरो परिवारलाई समेत अप्ठ्यारो पर्छ भन्दै विरेन्द्र तर्कीन्थे म आफैले धेरै जवरस्ती गरे सम्झाय आज भोलीको जमानामा पनि के को जातपात र सानो ठूलो हामी सवै एउटै हौं । मैले तिमिलाई जातको आधारमा हरेको छैन ।

मेरो जिवन साथीको रुपमा चुनेको छु भनि सम्झाए पछि मात्र विरेन्द्रले मेरो प्रेमलाई स्वीकार गरे । केही वर्षको हाम्रो प्रेम सम्वन्ध मेरो दाजुले थाहा पाए पछि घरमा आमा वुवालाई खवर गर्नु भयो । म माथि कुटपीट गरी फेरी घरमा नजरबन्दमा राखियो । मैले साँचो प्रेम गर्थे । म संग भाग्नु बाहेक अरु विकल्प नै थिएन । परिवार र समाजले बर्जित गरेको अन्तरजातिय प्रेम सफल बनाउन मैले समाज र घर परिवारको घेरा तोडी २३ गते भगवानलाई साँक्षी राखि हामी जुनीजुनी संगै बाँच्ने र मर्ने बाचा सहित बिवाह गरेका थियौं ।”

यता विरेन्द्र र मिना भागे लगतै केटीकी आमा र आफन्तहरु आएर विरेन्द्रको आमा र बहिनी माथि हातपात प्रयाससंगै जातिय गाली ग्लौज गरी ज्यानमार्ने धम्की दिएको विरेन्द्रको आमा भन्छिन् “छोराले मिनालाई भगाएर लगेको कुरा मलाई थाहा थिएन । एक्कासी विहान आएर केटीको आमा र आफन्तहरुले तेरो छोरा निकाल मेरो छोरीलाई कहाँ लग्यो तिमिहरु डुम, सानो जात यस्ता गरिवहरु मेरो छोरीको गहना देखेर लगेको रुकुम जाजरकोट घटना दोहोर्यािन नपरोस । तेरो घरमा आगो लगाई दिन्छु । दलित भएर तेरो छोराको यत्रो हिक्मत भन्दै म माथि हातपात गरियो र मैले प्रहरी चौकी ढकेरीमा आफ्नो ज्यान सुरक्षाको लागि निवेदन दिएकी छु । दुवै जनाको उमेर पुगी एक अर्कालाई मन पराई केटा केटी भागे मलाई दलित भन्दै यस्तो व्यबहार गर्दा मलाई असुरक्षाको महसुश भएको छ । ”

यता हामीले उक्त प्रहरी चौकी ईन्चार्ज टेक बहादुर पुनलाई सम्पर्क गर्दा केटी पक्षबाट कुनै उजुरी आएको छैन । केटाको आमाले निबेदन दिए लगतै हाम्रो टिम गाँउमा पनि पुग्यो र केटी पक्षका परिवारलाई बोलाएर यस सम्वन्धमा पूर्णरुपमा जानकारी लिनुका साथै कानूनी व्यवस्था सम्वन्धी जानकारी गराएका थियौं । केटाको परिवारलाई हाम्रो सम्पर्क नं. दिई तपाईहरु माथि कुनै पनि किसिमको गतिविधी भएमा तुरुन्तै सम्पर्क गर्नु हामी आउने छौं ।

केटीको बुवा र दाईलाई सम्पर्क गर्दा उनीहरुले केटाको परिवारमा कुनै पनि नराम्रो व्यवहार नगरेको मात्र आफ्नो छोरी हराई सके पछि सोध्न गएको । हामीले कुनै ज्यानमार्ने धम्की दिएका छैनौं । केही गर्थ्यौं भने अहिले सम्म केही गरी सक्ने थियौं । मात्र हामीलाई छोरी सम्पर्कमा आउन पर्योे । २ तोला सुन र साठी हजार रुपैया लिएर हिडेकी छ फिर्ता चाहियो ।

यता मिना खत्रीले भने आफूले हजुर आमाले दिएको कानमा सानो सुनको रिङ्ग र घाटीमा आधा तोलाको सिक्री पहिले देखि लगाएको र अहिले पनि लगाएकी छु । मैले केही चोरेर भागेको होईन । मैले आमालाई फोन गरेर स्वईच्छाले बिवाह गरेकी हुँ । तपाईहरु मेरो लागि मरी सक्नु भयो । अव मलाई नखोज्नु म जहाँ भए पनि खुशी छु । मिनाको आमा, फूपु र दाजुले फोन गरी मेरो श्रीमान लगायतकालाई मारी दिन्छौं भनि धम्की दिने गरेका छन् । मैले स्वईच्छाले विवाह गरेको र सकुशल रहेको उक्त प्रहरी चौकीमा फोन गरी जानकारी गराएकी थिए । अरु कुनै कारण होईन मैले दलित केटासँग विवाह गरे भनेर नै मलाई र मेरो परिवारलाई यस्तो व्यवहार गरेका हुन् । यदि मैले आफ्नै जातको केटासंग विवाह गर्थे भने मेरो परिवारलाई स्वीकार्य हुन्थ्यो ।

विरेन्द्रले भने स्वईच्छाले विवाह र माया गर्दा पनि जातभातको कुरा गरी मेरो परिवार माथि भएको दुर्व्यवहारले असाधै दुख लागेको छ । नेपालको कानूनले दिएको अधिकार र नियम अनुसार दुवै जनाको उमेर २० वर्ष पुगी सकेको अवस्थामा विवाह गर्दा पनि जातको कुरा ल्याएर म र मेरो परिवार माथि ज्यानै मार्ने धम्की आई रहेको छ । अहिले पनि हामी आफ्नो ज्यान जोगान लुकेर बस्नु परेको छ भन्दै तत्काल ज्यानकै असुरक्षाको कारण गाँउ जान नसकेको बताए ।

यतिवेला अन्तरजातिय विवाह गरेका यी जोडी डर, त्रासले भौंतारीदै लुकीछुपी हिडी रहेका छन् । एक्काईसौं शताव्दीमा पनि अन्तरजातिय प्रेम र विवाहलाई परिवार र समाजले अस्वीकार गर्नु र यस्ता जोडीहरु समाजबाट बिस्थापीत हुनु पर्ने यो भने पहिलो घटना होईन । – थाहा अनलाईन