के कारणले आँखा पाक्छ ? जानिराखौं यस्तो समस्याबाट बच्ने उपाय सहित उपचार विधी सबैले

काठमाण्डौं । आँखा हेर्दा सानो हुन्छ तर त्यसभित्र समुद्रजस्तै विशाल हुन्छ आँखा हाम्रो शरीरको एक संवेदनशील अंग हो । दृश्य परिप्रेक्ष गर्ने आँखा नभएको अवस्थामा साँच्चै नै जिन्दगी अन्धकारमय बन्न पुग्छ ।

यो अन्य अंगहरुको तुलनामा निकै नै संवेदनशील हुने भएकोले हामीले यसको उचित स्याहार तथा हेरचाह गर्नु पर्दछ । अन्यथा सानो लापरवाहीका कारण पनि आँखामा विभिन्न समस्याहरु देखा परी ज्योती नै गुम्न सक्ने डर पनि उत्तिकै रहन्छ तसर्थ, हामीले आँखाको स्याहार उचित मात्रामा गर्नुपर्दछ ।

आँखामा देखिने विभिन्न समस्याहरुमध्ये आँखा पाक्ने समस्याबारे सबैले जान्यौ । यो समस्या एक प्रमुख समस्या हो । सामान्यतयाः बाह्रै महिना देखिएता पनि गर्मी महिनामा यो समस्याबाट पीडित हुनेको संख्या तुलनात्मक रुपमा बढी हुन्छ ।

गर्मीको समयमा तामक्रम बढदा आँखामा आसुको मात्रा कम हुन्छ । जसले गर्दा आँखाको भित्री भाग सुख्खा हुन जान्छ र गर्मीमा असर बढी हुनुका साथै बाहिरी आद्रता पनि बढी हुने भएकोले धेरैजसो ब्यक्तिहरुमा गर्मी महिनामा नै यस्तो समस्याहरु बढी देखिन्छ बढ्दो प्रदूषण र वर्षायामका कारण हिजोआज आँखा पाक्ने रोग खासगरी धेरै बालबालिकामा देखिन थालेको छ ।

किन पाक्छ आँखा ? आँखा पाक्ने रोगका लक्षणहरू, समस्याबाट बच्न के गर्ने ? उपचार विधी सहित हेर्नुहोस् भिडियो