निषेधाज्ञा भयो खुकुलो, कुन दिन के के खोल्न पाइन्छ, गाडी कसरी चल्छ हेर्नुहोस आज भदौ २५ गतेका मुख्य समाचारहरु

काठमाडौं उपत्यकामा भोलि बिहीबारदेखि भने पसल व्यवसाय खुल्ने भएको छ भने सार्वजनिक तथा निजी सवारी साधन पनि चल्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले तीन हप्तासम्म लामो जारी निषेधाज्ञा खुकुलो बनाउँदै नयाँ आदेश जारी गरेका हुन् ।

कोरोना संक्रमण बढेसँगै उपत्यकामा ४ भदौबाट निषेधाज्ञा जारी गरिएको थियो । सुरुको दुई साता कडा गरिएको निषेधाज्ञाको तेस्रो साता भने निश्चित समय तोकेर निर्माण सामाग्री ढुवानी तथा बिक्री वितरण खुला गरिएको थियो ।

बिहीबारदेखि थप सहज हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थिति मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताए ।यो संगै आज आज भदौ २५ गतेका मुख्य समाचारहरु हेर्नुहोस :