सांसदद्धय क्रिस्चिन र डारेनसंग नेपाली समुदायको अन्तरकृया

जिलोङ, अस्ट्रेलिया; ९ सेप्टेम्बर, २०२०: अस्ट्रेलियाको भिक्टोरिया राज्यका सांसदद्धय क्रिस्चिन कौजेन्स र डारेन चीजम्यानसंग भिक्टोरियाको मेलबर्नपछिको ठूलो शहर जिलोङका नेपालीहरुको ग्रेटर जिलोङ नेपाली समुदायको तर्फबाट भिक्टोरियन बहुसांस्कृतिक आयोगका सल्लाहकार ज्ञानेन्द्र उप्रेती र वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेको पहलकदमीमा नेपाली समुदायले कोरोनाका कारण जुम मार्फत आज बेलुकी अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना समस्यामा केन्द्रित भए तापनि बढ्दो नेपाली समुदायलाई ध्यानमा राखेर दीर्घकालिन सोंचका साथ जिलोङमा पनि नेपाली सामुदायिक भवन निर्माण बिषय समेत उठान गरिएको उक्त कार्यक्रममा २० जनाको सहभागिता थियो मेलबर्नबाट लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठ र वरिष्ठ सामाजिक अगुवा इन्जिनियर जोग लिम्बू सहित ।

भिक्टोरियन बहुसांस्कृतिक आयोगका सल्लाहकार ज्ञानेन्द्र उप्रेतीद्धारा सन्चालित कार्यक्रममा उप्रेतीले वारवन साउथ-पस्चिम क्षेत्रमा नेपाली समुदायको मोटामोटी अवस्थाको फेयरिस्त पेश गर्दै कार्यक्रमको शुरुवाती गरेका थिए । त्यसपस्चात सांसद सांसदद्धय क्रिस्चिन कौजेन्स र डारेन चीजम्यानले मन्तब्य राखेपछि प्रश्नोत्तर कार्यक्रम थियो ।

अहिलेको मुख्य समस्या भनेको अन्तराष्ट्रिय बिद्यार्थीको प्रश्न भएकोले यो सम्बन्धमा सरकारको भावी योजनाबारे जोग लिम्बूले प्रश्न उठाए भने डा सन्तोष पाण्डेले यस क्षेत्रमा उपलब्ध साधन र श्रोतको बारेमा ।

ग्रेटर जिलोङ नेपाली समुदायको सदस्य कुन्दन जोशीले नेपालीको संख्या तीब्र गतिमा बढिराखेकोले नेपाली समुदायको भवन निर्माण कार्यमा सरकारका तर्फबाट के कस्ता सहयोगको संभावना अपेक्षा राख्न सकिने र मानसिक स्वास्थ्यको सम्बन्धमा संभावित सहयोगबारे प्रश्न राखे ।
उठाइएका प्रश्नको सम्बन्धमा प्रश्नको प्रकृति हेरी एक वा दुबै जनाले जबाफ दिए । सामुदायिक भवन निर्माण सम्बन्धमा पहिला समुदायकै तर्फबाट निस्चित योगदान भएपछि तदनुरुप सरकारले सहयोग दिन सक्ने जानकारी गराए सांसद डारेनले ।

समयाभावका कारण दुबै सांसद जानु पर्ने भएकोले दुबै सांसदलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठले यो कोरोना गएपछि अर्को कोरोना पनि आउन सक्ने भएकोले मुख्य कुरा भनेको रोग प्रतिरोधात्मक शक्ति बिकास गर्नु हो र यस्का लागि जनतालाई प्रभावकारी संचार माध्यम मार्फत योग र ध्यान गर्न प्रेरित र अभिप्रेरित गरिनुपर्ने भन्दै लिखित सुझाब दिए ।

कार्यक्रममा जिलोङ निवासी सर्बसाधारण र बिद्यार्थी र वर्कसेफ भिक्टोरियाका हेलेन सहभागी थिए ।