एक महिना अघी देखी हराईरहेकी बाग्लुङकी सुरक्षा शर्मा चितवनको सौराहामा भेटीइन 

गैंडाकोट, २४ भदौ –

कावासोती बाट गत साउन २० गतेदेखि हराईरहेकी बाग्लुङकी सुरक्षा शर्मा भेटिएकी छन। उनलाई नवलपुर प्रहरीले चितवनमा फेला पारेको हो । उनी कावासोती फलफूल चोकबाट हराइएकी थिइन । १८ वर्षीय छोरी हराएपछि खोजी गरिदिन परिवारले साउनको २५ गते जिल्ला प्रहरी कार्यालय नवलपुरमा निवेदन दर्ता गराएका थिए ।

प्रहरी प्रशासनले मोबाइल ट्रेकिङको आधारमा हिजो चितवनबाट फेला पारेको हो । गत २० गते फलफुल चोकबाट आमालाइ अन्तिम फोन गरेकी उनी त्यही दिन चितवनको सौराहा गएकी थिइन । जिल्ला प्रहरी कार्यालय नवलपुरले उनलाई परिवारको जिम्मा लगाएको छ ।