विहान उठेर भगवान शिवको नाम जप्दा पनि सपनाको फल नाश हुन्छ । यी हुन् २० सपनाका फल : सबिता आचार्य

सबिता आचार्य,
हामीले दैनिकजसो केही न केही सपना देखिरहेका हुन्छौ ।अनि ब्युझेपछि त्यसको बारेमा सोच्छौ र कतिपयलाई सपनाको कुरा बिश्वास लाग्ला त कतिलाई नलाग्ला तर धर्मशास्त्रहरुले सपनालाई एउटा अद्भुत फलका रुपमा ब्याख्या गरेका छन् सपना किन देखिन्छ भन्ने बारेमा बिभिन्न धारणाहरु पनि पाइन्छ । आज हामी यस्तो सपनाहरुको बारेमा जानकारी दिदैछौ जसले बिपनामा धन प्राप्त हुने गर्छ भनिन्छ । यदि तपाइले यस २० प्रकारका सपना देख्नु भयो भने धन प्राप्त हुन सक्छ।

कस्तो सपना देख्दा के हुन्छ ? दैविक वा शुभ सपनाले काम सिद्ध हुने संकेत गर्छन् ।अशुभ सपनाले काम विगार्ने हुन्छ भने मिश्रित सपनाले मिश्रित नै फल दिन्छन् । रातको पहिलो प्रहरमा देखिउको सपनाको फल १ वर्षभित्र मिल्न सक्छ । दोश्रो प्रहरमा देखिएको सपना ६ महिनामा र तेश्रो प्रहरमा देखिएको सपनाको फल ३ महिनामै मिल्छ ।चौथो प्रहर अर्थात विहानपख देखिएको सपनाको फल भने तत्काल मिल्ने हुन्छ ।

भनिन्छ सपना देखेपनि विहान उठेर अरुलाई भन्दा त्यसको फल नाश हुन्छ । विहान उठेर भगवान शिवको नाम जप्दा पनि सपनाको फल नाश हुन्छ ।

२० सपनाका २० थरी फल के देख्दा कस्तो फलः . १ नदीः सौभाग्य वृद्धि । २ रक्सिः धार्मिक कार्य हुने । ३ नाच/गानः अशुभ समाचार प्राप्ति। ४ गाइ देख्दाः भौतिक सुख हुने। ४ टोपी देख्दाः मान सम्मान वृद्धि। ५ पुजा गरेको देखेमाः योजना सफल। ६ विहीनीलाई देख्नुः परिवारमा प्रेम। ७ भाइलाई देख्नुः नयाँ साथी बन्छन्। ८ मागेको देख्नुः धन हानी। ९ मह देख्नुः जीवन सहज बन्छ ।

१० पैसा देखियो भनेः धन लाभ। ११ आफ्नै मृत्यु देख्नुः खराव रोगबाट मुक्ति। १२ रुद्राक्ष देखियो भनेः शुभ समाचार मिल्छ। १३ पति वा पत्नि देख्दाः दाम्पत्य प्रेम बढ्छ। १४ स्वस्तिक चिन्हः धन लाभ हुन्छ। १५ हथकडी देख्नुः भविष्यमा संकट। १६ परेवा देखियो भनेः रोगबाट मुक्ति। १७ सर्फ देख्नुः ब्यापारमा घाटा ।

१८ काग देख्नुः खराव सूचना। १९ माउसुली देखियो भनेः घरमा चोरी। २० खाना देखियो भनेः धन हानी हुन्छ |

यी हुन् सपनाका २० फल:-  १.जो व्यक्ति सपनामा मोती,गंगा,हार,मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ ।जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

२. यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ। ३. विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।

४. यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ। ५. कहिँ जाँदै गरेको अवस्थामा यदि बाटोमा सुन्दर महिला या कन्या देखियो भने त्यसलाई धनप्राप्तीको संकेत मान्न सकिन्छ ।

६. दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ । ७. यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।

८. विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् ।किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।

९.यदीे सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ ।यदी कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ ।

१०. सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ । ११. यदि कसैले सपनामा दियो बालेको या कसैलाई पैैसा सापटी दिएको देख्यो भने उसलाई अनपेक्षित रुपमा धनप्राप्ति हुन सक्छ ।

१२. यदी सपनामा कसैलाई गर्धन चिलायो भने पनि धन लाभ हुने सम्भावना हुन्छ । साथै बोटमा पाकेको सुन्तला या खेतमा पाकेको गहुँ देख्यो भने उसलाई छिट्टै धन प्राप्ति हुने सम्भावना हुन्छ ।

१३. यदि कोही सपनामा टाउको कन्याउँदै गरेको देखियो भने त्यसकै कारण पैसा मिल्न सक्छ ।यदी आँखा कन्याउँदै गरेको देखे भने पनि पैसा मिल्न सक्छ ।सपनामा गाडेको धन देखियो भने पनि सम्पत्ति वृद्धि हुन सक्छ ।

१४. जो व्यक्ति सपनामा फलफुल खाएको देख्छ उसले धन लाभ हुने योग बन्छ ।सपनामा धुम्रपान गर्छ,उसलाई पनि धन प्राप्ति हुन सक्छ । सपनामा जसको दाहिने हातमा सेतो रँगको सर्पले टोक्छ उसलाई धेरै धन प्राप्ति हुन सक्छ ।

१५. जो व्यक्तिले सपनामा पिशाब,वीर्य,दिशा या भमिट९वाक्क० गरेको चिज देखे या खाएको देखे भने त्यस्ता मान्छेलाई पनि धन प्राप्त गर्ने संयोग मिल्छ ।साथै आफ्नो प्रेमी प्रेमिका सँग सम्बन्ध विच्छेद गरेको सपना देख्यो भने पनि त्यसको आधारमा धनप्राप्ति हुन सक्छ । १६. शुक्रबारका दिन केशरी रँगको गाई देखियो वा दर्शन गर्ने मौका पाइयो भने धनप्राप्ति हुन सक्छ ।

१७. यदि कोही यात्री घर फर्कि रहेको हुन्छ र बायाँ तिर रोकियो भने उसलाई थोरै समयका लागि धनप्राप्त हुन सक्छ । यदि कुनै व्यक्तिले कुनै गाउँ वा नगरमा प्रवेश गर्ने समयमा दायाँ तर्फ सुँगुर देखियो भने उसलाई धन प्राप्त हुन सक्छ । १८.सपनामा हरियो फुलबारी तथा अनार र उँट देखियो भने धन प्राप्ती हुने योग बन्छ ।

१९. यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।

२०. जब कुकुरले अचानक जमीनमा पटक पटक टाउको रगडेको देख्नु भयो भने त्यस्तो ठाउँमा गाडेको धन हुन सक्छ । साथै यदी कुकुरले कुनै खाद्यपदार्थ लिएर आएको देख्नु भयो भने पनि तपाईलाई धन प्राप्त हुन सक्छ ।

कस्तो सपना देखे के गर्ने ? नराम्रो सपना देखियो भन्दैमा आत्तिनु अनि राम्रो सपना देखियो भन्दैमा मात्तिनु हुदैन ।नराम्रो सपना देखेमा आफ्नो कुलदेवतालाई स्मरण गरेर तुलसीको मठमा जाने अनि ‘ॐ नमो भगवते वाशुदेवाय:’ एकसय आठ पटक जप्ने त्यो नराम्रो फल निष्फल हुन्छ । पिपलको दर्शन गर्ने र बिशेष गरेर राहु केतु अनि शनि ग्रहको जप पाठ अनि असहायलाई दान गर्दा अवस्य पनि नराम्रो सपनाको फल टरेर जान्छ । नराम्रो सपना देखेरे फेरि पनि आफै निदायियो भने त्यो सपनाको फल स्वत: निष्फल हुन्छ ।पटक पटक नराम्रो सपना आउने र जीवनमा धेरै नै असर गरेको छ भने “शान्तिकर्मणि सर्वत्र तथा दु:स्वप्नदर्शने ग्रहपीडासु चोग्रासु माहत्म्यं शृणुयान्मम” यस मंत्रले सम्पुट पाठ गर्दा अवस्य पनि जीवनमा सकारात्मक उर्जा मिल्दछ । नराम्रो सपना देखियो भने सबैलाई भन्दै हिड्यो भनेपनि त्यो सपनाको फल निष्फल हुन्छ ।

राम्रो फल दिने सपना देखियो भने सुत्नु हुदैन र बिहानै उठेर गौमाताको दर्शन गर्ने अनि तुलसीमठमा गएर विष्णु भगवानलाई सम्झिएर तुलसी अर्पण गरेमा त्यो अवस्य पनि पुरा हुन सक्दछ ।राम्रा सपना देख्नको लागि हाम्रो जीवनशैली परिवर्तन गरेर मन प्रशन्न बनाउँदै राती सुत्नु पूर्व शिव,विष्णु,गणेश आदि भगवानको स्मरण गर्ने,धार्मिक तिर्थस्थल,मठ मन्दिर,मिठा मिठा भोजन अनि फलफूल आदिको कल्पना गरि योगनिन्द्राको अभ्यास गर्दा शुभ फलदिने राम्रा सपनाहरू हामीले देख्न सकिन्छ।।