राष्ट्रपतिदेखि कर्मचारीसम्मको तलब काटेर विपन्नलाई खाना खुवाऊन सुझाव, हेर्नुहोस आज भदौ २४ गतेका मुख्य समाचारहरु

काठमाडौं जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले राष्ट्रपतिदेखि कर्मचारीसम्मको तलब कटौती गरेर विपन्नलाई खाना खुवाउन सरकारलाई सुझाव दिएका छन् ।

काठमाडौंका २० जना सांसदको तर्फबाट मंगलबार उपप्रधान एवम् रक्षामन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउँदै काठमाडौं ६ का भीमसेनदास प्रधानले यस्तो सुझाव दिएका हुन् ।प्रतिनिधिसभाका निर्वाचित काठमाडौंकासांसदहरु दुई चरणमा छलफलमा जुटेका थिए । सोही छलफलका आधारमा मंगलबार सरकारलाई २६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । सांसहरुले आर्थिक वर्ष २०७७/०७८ को स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)मा विनियोजित रकम कोरोना रोकथाममा लगाउन सुझाव दिएका छन् ।

ज्ञापनपत्रमा उक्त रकमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्डको व्यवस्था गर्न माग गरिएको छ । ज्ञापनपत्रमा काठमाडौंबाट निर्वाचित सांसदहरु गगन थापा, जनता समाजवादी पार्टीका राजेन्ऽ प्रसाद श्रेष्ठ, रामकुमारी झाँक्री, दिव्यमणीराज भण्डारी, अञ्जना बिसंखे, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने, रेनुका गुरुङ लगायतको हस्ताक्षर छ । यो संगै आज भदौ २४ गतेका मुख्य समाचार तलको भिडियोमा हेर्नुहोस :