३ वर्ष देखि रोएिको जग्गाको कित्ताकाट खुल्यो अब के हुन्छ हेर्नुहोस आज भदौ २३ गतेका मुख्य समाचारहरु

सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । २०७४ सालदेखि बन्द रहेको जग्गाको कित्ताकाट खुल्ला गरेको भूमि व्यवस्थापन महाशाखाले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गएको बिहीबार जग्गाको कित्ताकट खुला गर्ने निर्णय गर्नुभएको महाशाखाले जनाएको छ । यसअघि जग्गाको कित्ताकाट बढ्दा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो ।

भू–उपयोग नियमावली जारी भइ भू–उपयोग नक्सार डाटा तयार गरी पालिकालाई हस्तान्तरण भएपछि लागू हुने गरी अहिलेका लागि खण्डीकरण गर्न अनुमति दिइएको महाशाखाले जनाएको छ । यो निर्णयसँगै देशभर रहेका जग्गाको कित्ताकाट गर्न पाइने छ । योसंगै आज भदौ २३ गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :