मेरो ज्यान बचाइदिनुहोस : उर्लाबारीका भिम लिम्बु हात जाेड्दै मिडियामा (भिडियो )

उर्लाबारी । दुबै मृगौला बिगृएर उपचार गर्न आर्थिक समस्यामा पर्नु भएका साबिक राजघाट ३ हाल उर्लाबारी ८ जरुवापानी निवासि भिम बहादुर लिम्बुले सहयोगको लागि अनुरोध गर्नु भएको छ ।

भए जति खर्च सबै गरिसकेको र ऋणपान गर्ने ठाउँ पनि कतै नभएकोले सहयोगिदाता माझ सहयोगको अनुरोध गर्नु भएको हो । उपचारमा सहयोग भए आफुले नया जिवन पाउने उहाँको बिस्वास छ । नोबेल हस्पिटलमा डाइलोसिस गराइ रहेका लिम्बुले हस्पिटल जानका लागि एम्बुलेन्स खर्च तिर्ने रकममा समेत नहुदा समस्या भै रहेको दुखेसो पोख्नु भयो ।

सहयोगको लागि 984-2143772 नम्बरमा कल गर्न सक्नु हुनेछ ।