५ दिनदेखि सम्पर्क विहिन भोजपुर हतुवागढी ६ का एक महिला

भोजपुर। भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका ६ का ३५ बर्षीया इन्द्रसरी राई विगत ५ दिनदेखि सम्पर्क विहिन भएकी छन् ।

माइती पक्षका परिवारका अनुसार गत भदौ १७ गतेबाट सम्पर्क विहिन भएकी राईको धनकुटाको खोकुमा विवाह भएको तर श्रीमानले अर्कै विवाह गरेपछि केही समय यता मा’नसिक त’नावमा रहेको जनाएको छ ।

बे’पत्ता राईको चप्पल सोही गाउँपालिका स्थित अरुण नदीको तीरमा भेटिएको स्थानिय समाजमेवी अस्मिन राईले बताउनु भयो ।वहाँको खोजीका लागि हिजै इप्रका घोरेटारमा जाहेरी दिइएको पनि वहाँले बताउनु भयो ।

इप्रका घोरेटारका इन्चार्ज प्रहरी निरीक्षक जस बहादुर लिम्बु संग सम्पर्क गर्दा जाहेरी आएको र उक्त जाहेरीलाई जिल्ला पठाई सकिएको साथै इप्रका चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशी संग सहकार्य गर्दा १८-१९ बर्षको देखिने एक महिलाको लाश भेटिएको र हाल शवलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानमा राखिएको बताउनु भयो।

निरीक्षक लिम्बु कै अनुसार माइती पक्षले ला’शलाई हेरेको र खुट्टाको पालिस केही मिलेको भएपनि पूर्णरुपमा सनाखत हुन नसकेको बताउनु भयो।

माइती पक्षले दिएको जानकारी अनुसार श्रीमानले अर्कै बिहे गरेपछि डि’प्रेशनमा रहेकी राई यस अघि पनि पटक पटक घरबाट निस्केर जाने फर्केर आउने तर यसपटक भने यति दिन भो फर्केर नआएपछि खोजतलासको लागि इप्रका घोरेटारमा जाहेरी दिएको बताएका छन् । – धनकुटा खबर