गीत गाउने सपना पुरा भएपछि भाइरल जन्तरे मामा खु:शीले गत गत, घरमा श्रीमतीले गरीन् नाचेर स्वागत (भिडियो सहित्)

मोरङ- पछिल्लो समय सामाजिक संन्जालमा रातारात भाइरल बनिरहेको नाम हो,अमित कुमार राई उर्फ जन्तरे मामा । बिभिन्न सामाजिक संन्जालहरुमा भेटिए अर्का नारायण गोपाल भन्ने टाईटलमा भिडियोहरु सार्वजनिक हुन् थाले पछि उनि रातारात भाइर बनेका हुन् ।

पाँचथरको फिदिममा जन्म लिएका उनि यति बेला ४८ वर्षका भए । हाल उनि मोरङको पथरी शनिश्चरे नगरपालिका २ मा बसोबास गर्छन् । सानो उमेर देखीनै गाउँन रुची राख्ने उनको प्रतिभा दर्शक श्रोता सम्म पुग्न निक्कै कठिन थियो । उमेरमा गाउँ घरमा हुने सासकृतिक कार्यक्रम भाग लिएर उपस्थितहरुलाई मन्त्रमग्न बनाउथे । उनि सानै उमेर देखी स्व. स्वरसम्राट नारायण गोपालका गीतहरु गाउँन रुची राख्दथे रे । त्यहि भएर पनि होला उनलाई ‘भेटिए अर्का नारायण गोपाल’ भन्ने टाइटल दिएको ।

यतिबेला उनको आवाजले देश तथा विदेशमा रहनुहुने नेपालीहरु बाट निक्कैनै चर्चा पाउन थालेको छ । सोहि अनुरुप यति बेला उनलाई गीत गाउने अफर आईरहेको छ । हालाई मात्र उनी पहिलो पटक काठमाण्डौँ गएर आफ्नो सपना पुरा गरी घर फर्केका छन् । उनले पहिलो पटक स्टुडियो मार्फत गीत गाउने अबसर प्राप्त गरेका थिए । पहिलो गीत रेकर्ड गरेर घर फर्केका उनलाई श्रीमती र छोराले स्वागत गरेका छन् । उनलाई हेर्न स्थानीय वासीको घुइचो लाग्या थियो । उनी आफ्नो पहिलो गीत रेकर्ड गरेर काठमाडौँ बाट घर फर्किदा जन्तरे माईजुले नाचेर भब्य स्वागत गरेकी थिईन् । उनको उक्त भिडियो हेरीसकेपछि अभाबमा पनि मान्छे धेरै खु:शी हुन सकिन्छ भन्ने संदेश पनि लिन सकिन्छ ।

भिडियो हेर्नुहोला: