नेपालमा कसरी कालिज पालन गर्दा धेरै फाइदा हुन्छ ? पोखरामै करोडौँको यति ठुलो फर्म

प्रल्हाद चन्द्र घिमिरे, पोखरा ।

नेपालमा कालिज नामको चरालाइ मासुको मिठास र ताकतको प्रतिकका रूपमा मानिन्छ । कालिज–तित्राको मासु भन्ने बित्तिकै मासु खानेमाझ मुख रसाउने विषय बन्ने गर्छ ।

पुराना पुस्ताका धेरैले वनतिर लुकीचोरी मारेका कालिज–तित्रा खाए पनि नयाँ पुस्ता तथा सहरवासी पुस्तालाइ कालिज–तित्रा भन्ने कुरा एउटा स्वादिलो सपना नै हो ।
यस्तै पोखरा महानगरपालिका वडा नं. १८ को रातमाटामा राज तिमिल्सना, ध्रुव थापा, पवन जिसी सहित ७ जनाको समुहले तुलसी कुञ्ज एको एण्ड वाइलड भिलेज संचालन गरेका छन् । जहाँ उनिहरुले कालिज, कडकनाथ र लोकल कुखुराको व्यवसायीक रुपमा पालन गर्दै आएका छन् । कालिज प्रति आकर्षण बढेसंगै व्यवसायीहरु पनि बढ्दैछन् ।

यसैबीषयमा आज हामीले तुलसी कुञ्ज एको एण्ड वाइलड भिलेजका संचालकहरुसंग कुराकानी गरेका छौँ । हेर्नुहोस तलको भिडियो |