रौतहटमा बाहुन केटीसंग प्रेम गरेपछि दलित केटाको घाटी रेटेर ह”त्या, डिएसपी देखि एसपीको चलखेल, ११ लाख सुपारी लिएर बिभत्स ह”त्या

रौतहट | प्रहरीले हिरासतमा यातना दिएको कारण एक जनाको मृत्यु भएको छ । गत साउन ३१ गते जिल्लाको गरुडा नगरपालिका ८ जिंगडियामा घाँटी रेटेर हत्या गरिएका नन्दलाल महराको २० वर्षीय छोरा निरन्जन रामको हत्याराको रुपमा सार्वजनिक गरेका ७ जना अभियुक्तमध्येका एक विजय महराको उपचारको क्रममा आज बिहान १ बजे मृत्युभएको हो ।हिरासतमा रहदा प्रहरीले चरम यातना दिएका कारण मृत्यु भएको स्थानीय अगुवा करिमुल्लाहले आरोप लगाए । अपराध कबुलाउने धुनमा प्रहरीले हिरासतमै चरम यातना दिएकाले उनको मृत्युभएको हो, उनले भने । आजसम्म कुनै ठुलो रोग नलागेका उनलाई अचानक सबै रोग देखिनु र शरीरका अंगहरुले काम गर्न छाड्नुको कारण प्रहरीले दिएको अमानवीय यातानाको कारणले भएको उनको दावी छ ।

प्रहरीले दोषीलाई उम्काउन र निर्दोषलाई फसाउन जबरजस्ती यातना दिएको भन्दै घटनामा संलग्न प्रहरीहरुलाई कारवाहीको माग गरेका छन् । प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय गरुडा अगाडि करिब ३ घण्टा धर्ना तथा नाराबाजी गरेका थिए ।

हेर्नुहोस खास घटना के हो त ?