‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जालाई फोन बाटै बधाई, धुरु-धुरु रुदै बुवा मिडियामा (भिडियो सहित्)

मोरङकी सज्जा चौलागाईं ‘नेपाल आइडल सिजन ३’ की विजेता बनेकी छन् । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् ।

नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् ।

आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । त्यस्तै प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार पाए ।

सज्जा नेपाल ‘नेपाल आइडल सिजन ३’ की विजेता बने पछि उनको बुवा पनि मिडिया आएका छन् । छोरी विजेता भए पछि उनी बिगत सम्झीए निक्कैनै भाबुक बने, उनले छोरीलाई फोन गरेर बधाई समेत दिए । कुराकानीको क्रममा सज्जाको बुवाको आखामा आशु थाम्मीन सकेन । यो भिडियो हेर्नुहोला: