आज भदौ ८ गतेका मुख्य समाचारहरु हेर्नुहोस

लमजुङ बेंसीसहर नगरपालिका ७, साम्दीका ६९ वर्षीय हरिबहादुर थापा आइतबार बिहान खेत डिलैको खनियो घाँस काटेर फर्किए । घरमाथि जंगलबाट बाँदरको आवाज आइरहेको थियो । धपाउन भनी उनी खेततिर गए । करिब १५ मिटर परको खलेगरा नजिकै धानका बोट हल्लियो । बाँदर आएछन् भनी उनी धपाउँदै गए ।

एक्कासी चितुवा डिलमा उक्लिएर उनीमाथि आक्रमण भयो । हरिबहादुरका अनुसार यो बिहान करिब पौने ८ बजेतिरको घटना हो । नेपाली सेनाका पूर्वलप्टन हरिबहादुर चितुवासँग भिडेको उत्तरार्द्धमा मात्रै घरपरिवारले थाहा पाए । घरपरिवार तीजको पञ्चमीको दिन पूजापाठमा व्यस्त थिए । उनी घर फर्किएपछि के भयो भन्दै छिमेकी आएको उनले सुनाए । उनका अनुसार १० देखि १५ मिनेटजति घम्साघम्सी भएकोमा चितुवा विस्तारै गल्न थाल्यो । चितुवा केही पर गएर लम्पसार पर्‍यो । उनी दौडेर चिच्याउँदै घर आए । उनले चितुवा मरेको लख काटे । आफूले थाह पाउँदासम्म दिउँसो चितुवा गाउँ पसेको यो पहिलो घटना रहेको हरिबहादुरले बताए । उनका अनुसार चितुवा आहरा खोज्दै बस्तीमा आएको हुनुपर्छ ।

उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि काठमाडौं लगिएको प्रहरीले बताएको छ । सव डिभिजन वन कार्यालय बेंसीसहरका प्रमुख सहायक वन अधिकृत नारायणप्रसाद कोइरालाका अनुसार वृद्धलाई आक्रमण गर्ने चितुवा डेढ वर्षको पोथी चितुवा हो । मारिएको चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडिएको छ । यो संगै हेर्नुहोस आज भदौ ८ गतेका मुख्य समाचारहरु |