हामीलाई बिझाएको अर्नब इन्डियामा एउटा राष्ट्रिय हिरो बनेका छन्।

संगीतकार / पत्रकार / लेखक नृपेश उप्रेतीको फेसबुक वाल बाट साभार :
पछिल्लो समय नेपालीले मन नपराएका पत्रकार हुन् अर्नब गोस्वामी। नेपाल भारत बिचको सीमा विवादमा उनले गरेको रिपोर्टिङ हामीलाई बिझाएको थियो। उनी हाम्रो घृ,’णाको पात्र बनेका थिए।

उनै अर्नब अहिले इन्डियामा एउटा राष्ट्रिय हिरो बनेका छन्। नायक सुशान्त सिंह राजपूतको शंकास्पद मृ,’त्युलाई महाराष्ट्र प्रहरीले आत्महत्या सावित गर्न कुनै कसर बाँकी राखेन। तर घटनाक्रमहरू यसरी उल्झिएको थियो कि आम मान्छे सुशान्तको मृ,’त्युलाई आ,’त्महत्या मान्न तयार थिएनन्। शंका थियो सुशान्तको मृ,’त्युमा बलिउड माफियाको हात छ र त्यसलाई ढाकछोप गर्न महाराष्ट्र सरकार स्वयं सक्रिय छ।

प्राय मिडियाहरू सुशान्तको मुद्दालाई छोडेर अघि बढी सकेका थिए।
तर अर्नबले त्यो मुद्दालाई छोडेनन्। आफ्नो रिपब्लिक टिभी च्यानल मार्फत राष्ट्रिय मुद्दा बनाए र आम जनतालाई justice for sushant को पक्षमा खडा गरे।।
महाराष्ट्र पुलिस र सरकारको हरकत उत्तिकै शंकास्पद थियो। त्यहाँबाट निष्पक्ष जाँच हुने संभावना नरहेकोले यो मुद्दालाई centre bureau of investigation ले हेर्नु पर्ने भन्दै अर्को campaign चलाएर। सुशान्तको मृत्युको सवालमा महराष्ट्र प्रहरीले नजर अन्दाज गरेका र कतिपय शंकास्पद कुराहरूलाई बाहिर ल्याए। मुद्दा सुप्रिम कोर्ट सम्म पुग्यो र सुप्रिम कोर्टले अबको investigation CBI ले गर्ने फैसला सुनायो। यो फैसलासंगै विश्वभरीका न्यायप्रेमी मनहरू सुशान्तको मृ,’त्युको रहस्य खुल्ने कुरा आशावादी छन्। यसको श्रेय अर्नबलाई दिएका छन्।

मेरा एक पत्रकार मित्रले बिहानै आफ्नो स्टाटसमा अर्नबलाई मोदीको दलाल भनेर लेखे। म सोचेँ काश नेपालमा पनि कोही यस्तो जिन्दादिल पत्रकार हुन्थ्यो त निर्मलाले न्याया पाउने थिइन।।
#bravoarnab