‘तिज सुपर मम फोटो प्रतियोगिता २०७७’ यसरी सम्पन्न भयो

काठमाडौं : केट्स इन्टरटेन्मेन्ट र द सुपर मम नेपाल द्वारा आयोजित ‘तिज सुपर मम फोटो प्रतियोगिता २०७७’ सफलता पुर्वक सम्पन्न भएको छ । लकडाउन र कोरोनाको महामारिमा पनि आमाहरुलाई घरमै बसी बसी मनोरन्जन दिने उदेश्यले तिज सुपर मम फोटो प्रतियोगिता २०७७’ को आयोजना गरिएको नायिका पुजना प्रधानले जानकारी दिइन ।

कार्यक्रममा सुस्मिता धिताल पुढासैनी प्रथम, सुजाता खड्का बस्नेत दोस्रो र पुनम अग्रवाल तेस्रो हुन सफल भएका छन । प्रथम हुने बिजेताले १५ हजार नगद, गिफ्ट ह्याम्पर र प्रमाण पत्र, दोस्रो हुने बिजेताले ७ हजार नगद गिफ्ट, ह्याम्पर र प्रमाण पत्र र तेस्रो हुने बिजेताले ५ हजार नगद, गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्राप्त गरेका छन ।

कोरोना महामारिको यो बिसम परिस्थितीमा पनि घरमै बसेर सहभागि हुन मिल्ने कार्यक्रमले आमाहरुलाई निकै हौसला मिलेको पुजनाको भनाइ छ । यस अघी पुजनाले लकडाउनको बेलामा पनि ‘द सुपर मम फोटो प्रतियोगिता २०७७’ को आयोजना गरी सफलता पुर्वक सम्पन्न गरेकी थिइन । कार्यक्रमलाई तामा पित्तल हापुले मुख्य प्रायोजन र भिजन फर नेपाल न्युयोर्क USA ले सह-प्रायोजन गरेका थिए । भिडियो हेर्नुहोस् :