2 लाइन भनेर टिकटकमा भाइरल दिपु पहिलोपटक मिडियामा,दुखदेखि प्रेमसम्मका कुरा,प्रेमिकाको कुरा गर्दा लाजले भुतुक्कै,देखाए अर्को लुकेको प्रतिभा,(हेर्नुहोस भिडियो)

पछिल्लो समय सामाजिक संजालको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । नेपालमा फेसबुक युटुब लगायत विभिन्न सामाजिक संजालका प्रयोगकर्ता बढेका छन । पछिल्लो छोटो समयमा निकै रुचाइएको टिकटक नेपालमा मात्र नभएर विभिन्न देशहरुमा ह्वात्तै प्रयोगकर्ता बढेका छन । टिकटकबाट सकारात्मक साथै नकारात्मक दुबै किसिमका कुराहरु नेपाली प्रयोगकर्ताहरुले गरेका छन । एकातर्फ केही समाजमा बिकृती फैलाउने मानिस रातारात भाइरल भए कतिलाई अन्य नेपालीहरुले भेटेर सम्झाएर तह लगाए भने अर्कातर्फ टिकटकले निकै राम्रा कलाकारहरु लाई जन्म दिएको छ । छोटो भिडियोमा आफुले अभिनय गरेर दुनियको मन जितेर म्युजिक भिडियो लगायत चलचित्रमा समेत धेरैले काम गरिसकेका छन भने कतिपय उदाउदै गरेका नयाँ कलाकार निखारिदै जाँदै छन ।

यसैगरी टिकटकबाट रातारात चर्चामा आएका मोरङका दिपेश तामाङ दिपुले टिकटकको माहोल नै फेरिदिएका छन । यो दुई लाइन मोटि केटिका लागी.. यो दुई लाइन आमाका लागि जस्ता कयौ शायरीहरु अहिले टिकटकमा मात्र नभएर विभिन्न सामाजिक संजालमा भाइरल नै बनेका छन । निकै राम्रो शैलीमा निकै कुशल अभिनय समेत गर्ने उनको अभिनय र शायरी देखेर अहिले सबै चकित बनेका छन । आज सुपर अनलाइन टिभिका समीर सुबेदिले पहिलोपटक टिकटकले भाइरल बनाएका दुई लाइन भाइ अर्थात दिपुलाई मिडियामा ल्याएका छन । उनिहरुसंग घर परिवारदेखि प्रेम सम्बन्ध सम्मका सम्पुर्ण कुराहरु सुपर अनलाइन टिभीमा राखिएको छ जसलाई तलको भिडियोमा देख्न सक्नुहुनेछ । एक पछि अर्का नयाँ कलाकारको आगमन भइरहेका बेला दिपेश तामाङको भबिस्य निकै सुनौलो देखिन्छ ।

प्रेम सम्बन्धका बारेमा सोध्दा लाजले भुतुक्कै बनेका दुई लाइन भाइले उनका गोप्य कुराहरु बोल्दाबोल्दै झुक्कीएर खोलेका छन । साथै अब चाडै उनको र्याप गित समेत अब चाडै आउदै गरेको उनले बताएका छन । साथै उनले टिकटकमा कसरी फ्यान फलोअर्स बढाउने समेतका विभिन्न तरिकाहरु सिकाएका छन तलको भिडियोमा हेर्नुहोला ।