गगन थापा ले कांग्रेसको नेतृत्व गर्लान् त? ओलीलाई गगनको चिठ्ठी (सहित)

अनमोल पन्थी,
बर्तमान अबस्थामा कमजोर भुमिका बहन गरिरहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा कोरोनाको त्रास कै बिचमा पनि महाधिवेशनको सरगर्मी बढ्न थालेको छ। कांग्रेसको नेतृत्व लिनका लागि शेरबहादुर देउवा ,रामचन्द्र पौडेल, शशाक कोइराला ,शेखर कोइराला, प्रकाशमान सिह, बिमलेन्द्र निधी, डा.रामशरण महत , अर्जुन नरसिह केशी र गगन कुमार थापा लगायतका एक दर्जन नेताहरु तयार भएको कुरा सामाजिक सन्जाल देखि लिएर अन्य माध्यम बाट बताउदै आयेको पाइन्छ। भने कतिपय नेताहरुले अझै आफुले कुन पदमा उम्मेदवारी दिने भनेर प्वाक्क मुख खोलिसकेका छैनन।

महाधिवेशनको मिति तोकिए पश्चात् युबा नेता गगन कुमार थापाले पनि आफू नेतृत्व लिनका लागि प्रतिस्पर्धाको मैदानमा उत्रिने भन्ने कुरा विभिन्न मिडिया मार्फत भन्दै आयेको पाइयेको छ। १३ औ महाधिवेशनमा सिटौला समूह बाट महामन्त्रीको उम्मेदवार गगन पराजित भएका थिए । युवा नेता गगन कुमार थापाले युबाहरु माझ अत्यन्तै लोकप्रियता कमाइसकेका छन। चोक-चोकका चिया पसल हरुमा पनि कमजोर बनेको कांग्रेस सुधार्नका निम्ति गगन थापा उपयुक्त छन भनेर गफगाफ गरेको सुन्नपाइयेको छ। १४ बर्षको उमेर बाट नै नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएका गगन थापा अहिले चर्चाको शिखरमा पुगेका छन। पुराना नेताहरुले खासै युवा नेताहरुलाइ नेतृत्व हस्तान्तरण गर्न खोजेको जस्तो पनि देखियेको छैन । अहिले पनि तेस्रो धार कृस्न सिटौलाले नेतृत्व गरेको गुटमा उनि रहेका छन । उनी स्थापित भएको तेस्रो धार बाट उनी महाधिवेशनमा होमिएको खण्डमा जित्न असम्भव जस्तै देखिन्छ तर युबा नेताहरुले साथ दियेको खण्डमा उनले जित्ने करिब करिब निश्चित जस्तै देखिन्छ।

गणतन्त्र स्थापनाका लागि २०६२/६३ सालमा भएको विद्यार्थी आन्दोलन बाट उदायका नेता हुन गगन कुमार थापा। उनले कुनै हालतमा पनि युवाको काधमा नेतृत्व आउनु पर्छ भन्ने मान्यता राखेका छन। अन्य युबाले उम्मेदवारी दिय आफुले साथ दिने र अन्यले हिम्मत नगरे आफुले उम्मेदवारी दिने घोषणा गर्दै आयेका छन। तार्किक बहस गर्न सक्ने गगनको खुबी छ।

यो पनि पढ्नु होस् !

नेपाली कांग्रेसका युबा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीको अहंकार र अकर्मण्यताका कारण कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर जान थालेको आरोप लगाएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै सबैको साथ, पूर्व तयारी गर्ने समय, स्रोत साधन हुँदाहुँदै पनि प्रधानमन्त्रीको अहंकार, अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण कोभिड नियन्त्रण बाहिर जान थालेको आरोप लगाएका हुन् ।

उनले अब त केही संवेदनशीलता आउछछ कि भन्ने आशाका साथ पुन: प्रधानमन्त्रीलाई पत्रमार्फत ध्यानाकर्षण गराएको उल्लेख गरेका छन्। – मिडिया डबली को सहयोगमा