विजुलीका पोल पनि बाङ्गिए : सडकको बिचोबिच भासियो धनकुटाको रुद्रबारी–गुठीटार सडक खण्ड !

 कोशी लोकमार्ग अन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडक खण्डको खुरिलामा सडक भासिएको छ । अविरल वर्षाको कारण धरान–धनकुटा सडक खण्डको खुरिलामा सडक भासिएको हो ।

सडक भासिएपछि ह्याभी सवारी साधन त्यहाँबाट आवात जावत गर्न जोखिम वढेको छ । स्थानिय वासिन्दा गंगावहादुर आलेले हजारौं सवारी साधनहरु गुड्ने सडकमा एक हप्ता देखी सडक भासिएको कारण जोखिम थपिएको वताउनुभयो । तर अहिले सम्म सडक डिभिजन कार्यालय धनकुटाले भासिएको सडकमा मर्मत गर्न ध्यान नपु¥याएको उहाँले गुनासो गर्नुभयो ।

हिजो विहानसम्ममा सडक साविकको स्थानबाट करिव ३ मिटर वढी उचाईमा भासिसकेको छ । उहाँले सडक भासिएको स्थानमा कमेरे माटो र सिमसार पानी उम्रिने क्षेत्र भएकोले सडक भासिने क्रम नरोकिएको वताउनुभयो । सडकको भित्ता तर्फ माथि देखि नै जमिन सोहोरिएर आएकाले त्यहाँ माथिको वस्तीलाई पनि जोखिम वढेको गंगावहादुरले वताउनुभयो ।

सडक भासिएसंगै सो सडकको छेउतर्फ गाडिएको विद्युतको केही पोल पनि ढल्ने अवस्थामा छ । सडक पहिरो जानु थालेसंगै विद्युतका पोल समेत बाङ्गिएको छ । विद्युतको पोल ढल्नु अघि नै स्थान्तरण गर्न सम्वन्धित् निकायको ध्यान जान जरुरी रहेको स्थानियको भनाई छ ।

कोरोनाको कारण धनकुटा लकडाउन भए पनि कोशि लोकमार्गमा सावारी साधन निर्वाध रुपमा चलिरहेको र रातको समयमा वढी मात्रामा ह्यावी गाडी गुडने भएकाले पनि यात्रा गर्न निश्चित रुपमा जोखिम वढेको छ । विधुत्को ढल्किएको पोल हटाउन अहिलेसम्म विधुत प्राधिकरणको नजर नपरेको स्थानिय लक्ष्मण मगरको भनाई छ ।

यता डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख दानवहादुर शाक्यले भने खुरिला सडक खण्डमा लामो समय पछि सडक भासिएको वताउनुभयो । उहाँले आफु कार्यलयको कामले काठमाण्डौं रहेको र केही दिनमा धनकुटा आएर सडक भासिएको स्थानमा आएर वैकल्पिक मार्गको पहिचान गर्ने वताउनुभयो । उहाँले वि.सं.२०४० सालमा धरान धनकुटा सडक निर्माण गर्दा सो स्थानमा काम गर्ने गोरा इन्जिनियरले हार खाएको स्मरण गर्नुभयो ।

धरान–धनकुटा ५२ किलोमिटर सडक निर्माण गरिसकेर अन्तिममा मात्र सो स्थानमा सडक पिच गरेर छाडेको शाक्यले वताउनुभयो । धरान–धनकुटा सडक निर्माण भएको करिव ४० वर्षको अन्तरालमा सो स्थानमा धेरै पटक सडक भासिएको र यसै क्रममा पछिल्लो १८ वर्ष पछि पुनः खुरिलामा सडक भासिएको शाक्यको भनाई छ । उहाँले अव अरु विकल्प नभएकोले सडकलाई माथिल्लो भागको अवस्था हेरेर भित्ता तासेर सडक एकतर्फी चल्ने वनाउने तर्फ कार्यालयको ध्यान जाने वताउनुभयो । भासिएको सडकलाई वैकल्पिक उपाय लगाएर केही दिनमै जोखिबाट बचाउने उहाँले वताउनुभयो ।

नियमित रुपमा बर्षा भैरहेकोले कोशि लोकमार्गको दर्जनौं स्थानमा पहिरोको कारण सडक अवरुद्ध हुँदा यात्रा गर्न चुनौती रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । कोशि लोकमार्गको विशेष गरेर घण्टे, गर्जुवा, लेउती, लावरवोटे, मुलघाट माथिको ११ गोलाई, रुद्रवारी र सल्लेरी वन क्षेत्रमा पर्ने सडक खण्डमा वर्षा याममा पहिरोको कारण यात्रा गर्न जोखिम रहेकाले सचेत भएर यात्रा गर्न समेत डिभिजन प्रमुख शाक्यले सवारी चालकहरुलाई आग्रह गर्नुभयो । यसअघि मुलघाट माथिको ११ गोलाईमा पर्ने रुद्रवारी जंगलको ७ नम्वर गोलाईमा पनि करिव ५० मिटर लामो सडक भासिएको छ । – धनकुटा खबर