बाहिरियो बल्ल गोंगबु प्रकरणको रहस्य

काठमाडौँ । गोंगबुको नवज्योती मार्गमा शनिवार राती दाङका कृष्णबहादुर बोहोराको ह*त्या भयो । रोल्पा रुन्टीगढीका बोहरा पछि दाङ झरेका हुन् । आइतबार विहान सुटकेशमा श*व भेटियो । टुक्रा–टुक्रा पारिएको थियो । हत्या गरिएको घरबाट ५० मिटरको दुरीमा श*व फेला परेको थियो । जुन शवलाई हत्या गरिएको ठाउँबाट चियाएर हेर्न सकिन्थ्यो ।

नवज्योती मार्गमा बिहानै प्रहरीको ठूलो फौज पुग्यो । छुट्टिएको श*वको टाउको पत्ता लगाउन नेपाल प्रहरी कुकुर तालिम विद्यालय, महाराजगञ्जबाट ‘जोजो’ नामको कुकुर ल्याइयो । जोजोले छिनभरमै शवको टाउको र खुट्टा भेट्टायो ।

हत्यारा खोज्न आइतबार दिनभर सादा पोशाकका प्रहरी सो क्षेत्रमा खटिए । अप्रेशनको नाम राखियो– ‘अप्रेशन जोजो ।’ शंकास्पद घर र होटलमा सर्च अप्रेशन चल्यो । तर, ५० मिटरको दुरीमा रहेको निलो रंगको किरण बस्नेतको घरमा हत्या भएको कसैले चाल पाएन ।

हेर्नुहोस भिडियोमा |