पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा यति सम्म काम सकियो (हेर्नुहोस् भिडियो)

पोखरामा सन् २०१७ बाट निर्माण सुरु भएको पोखरा बिमानस्थलको काममा भने लकडाउनको प्रभाब खासै परेको देखिन्न । सन् २०२१ को जुलाइ १०सम्ममा सिएमसीइ कम्पनीले नेपाल सरकारलाई विमानस्थलको काम सकेर हस्तान्तरण गर्नुपर्ने छ । लामो समय जग्गा अधिकरण गरेर पनि सुरु नभएको बिमानस्थल निर्माणको काम केही बर्ष अघि मात्र सुरु भएको थियो ।

ठेक्का लिएको चिनियाँ कम्पनीले सम्झौता भएको भन्दा छ महिना अगाडि सरकारलाई हस्तान्तरण गर्ने गरि काम गरेको भए पनि कोरोनाको कारण केही सामानहरु सिमा नाकामा र बन्दरगाहमा रोकिएको हुनाले सम्झौता गरिएको अवधिमा मात्र काम सकिने आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए । नेपालमा लकडाउन जारी रहदा पनि राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम भने निरन्तर चलिरहेको छ । नेपाली र चिनीया गरी करिब ३ सय जति मजदुरहरु क्वारेन्टाईनमै बसेर काम गरिरहेका छन् ।

पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन । सो भवनको अधिकाँस काम सम्पन्न भएर फिनिसिङको चरणमा छ भने विमानस्थलको हालसम्म समग्रमा ६२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । कोरोना भाईरसको कारण नेपाल लकडाउन भएपनी केही राम्रा कामहरु भईरहेका छन।

हेर्नुहोस् भिडियो: