एक महिलालाई हुने समस्या तथा समस्याबाट उम्कन गरिने संघर्षलाई प्रस्तुत गरेको भिडियो ‘अबन्धन’

युके | शिवानी भट्टराई भर्खरै अगाडी बढ्दै गरेकी नव गायिकाले आफ्नै शब्द, संगीत र मिठो स्वरमा पहिलो पटक म्युजिक भिडियो ‘‘अबन्धन’’ सार्वजनिक गरेकी छिन् । उक्त गित मा गायिका भट्टराईकै अभिनय रहेको छ भने कोरियोग्राफर प्रशान्त तामाङले गरेका छन् ।

प्रशन्न शाक्यको निर्देशनमा बनेको उक्त भिडियोमा बर्खा मुखिया र रेवत श्रेष्ठको छायाँकन ले भरिपूर्ण भएको छ र प्रविन श्रेष्ठको सम्पादन मा गित उत्कृस्ट बनेको छ।

नेपाली समाजमा महिलाहरुको पीडालाई देखाउने प्रयास गरेको उक्त भिडियोले कस्तो परिबर्तन ल्याउने हो हेर्न बाक़ी छ । गायिका शिवानी उत्कृस्ट अभिनय रहेको भिडियो गीत मार्फत एक महिलालाई हुने समस्या तथा समस्याबाट उम्कन गरिने संघर्षलाई प्रस्तुत गरेको देखिन्छ ।

हेर्नुहोस भिडियो ‘‘अबन्धन’ शिवानी भट्टराईकै युटुब मार्फत रिलिज गरिएको छ ।