“दारा निस्केकी महानायीका” पुजालाई भन्ने पत्रकार प्रकाशलाई केकी अधिकारीको यस्तो कडा चेतावनी (पढ्नैपर्ने)

काठमाडौ । आफुले अन्तरवार्ता दिन बोलाउदा नआएको झोकमा टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले कार्यक्रममै नायीका पुजा शर्मालाई अपशब्द प्रयोग गरे । उनले पुजालाई दो दिनकी चाँदनी फीर अँधेरी रात भन्दै तत्कालको चर्चाका कारण घमण्ड नगर्न चेतावनी दिए । उनले पुजाको नाम नलिई उनलाई नै बुझाउने शब्द प्रयोग गरेर दारा निस्केकी महारानी भन्दै अपमानित गरे । अहिले नायीका पुजा शर्मा प्रकाश विरुद्ध कलाकार पत्रकार संघमा उजुरी दिन पुगेकी छन् ।

नायीकालाई एउटा टेलिभिजन कार्यक्रमै अपमान गरेपछि कलाकारहरु विरोधमा उत्रिएका छन् । नायीकाहरुले अब अपमान सहेर नबस्ने भन्दै भनाईहरु सार्वजनिक गरेका छन् । यसैक्रममा नायीका केकी अधिकारीले पनि प्रकाशलाई चेतावनी दिँदै अति नगर्न भनेकी छन् । उनले फेसवुकमा स्टाटस लेख्दै यस्तो चेतावनी दिएकी हुन् । हेर्नुहोस् केकीको स्टाटास जस्तोको जस्तै

‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोताले आफ्नो तीन दशक लामो ईतिहासको अप्रासंगिक बखान गर्दै नेपाली महिला कलाकारको शारिरिक बनावट माथि गर्नुभएको छुद्र टिप्पणी अत्यन्तै अशोभनिय र खेदजनक छ। साथै, त्यसै क्रममा उँहाले प्रयोग गर्नु भएको भाषा, प्रस्तुत गर्नु भएको उदाहरण (दो दिन कि चाँदनी) र देखाउनु भएको तुज्जुकले वास्तवमा उहाँकै चरित्र र मानसिकतालाई उदांगो पारिदिएको छ भन्दा फरक नपर्ला। ढुक्क हुनुहोस्, हामी यस्ता प्रवृति र यस्ता मानसिकताको सदैव विरोध र वहिष्कार नै गर्ने छौँ।

स्मरण रहोस्, पेशागत आयु दिर्घकालिन वा अल्पकालिन हुनसक्छ तर त्यसको आयु निर्धारण गर्नसक्ने हैसियत कसैको हुँदैन। जतिनै लामो ईतिहास भएपनि बेला बेला लागिरहने तीन मिनेटको ग्रहण, ग्रहण नै हुन्छ। दुई दिनकै भएपनि चाँदनीको पहिचान उज्यालो नै हुन्छ। अति गरे क्षती हुन्छ