‘फेरी पनि आयो तीज’ मौलिकता बोकेको तिज कोसेली सार्वजनिक

फेरी पनि आयो तीज मैलाइ झल्को लाउनलाई
ऐले भने सकिन माइत आउन लाई !

गीतकार / सर्जक पुष्पा घिमिरेको शब्द रचना, राम कार्कीको संगीत’ तथा गरिमा हुमागाईको मधुर स्वरमा तीज गीत ‘ ‘फेरी पनि आयो तीज’ को भिडियोलाइ ओएस डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।

नेपाली हिन्दु महिलाहरुको महान पर्व तीज नजीकिंदै गर्दा नेपाली सांगीतिक बजारमा तीजका गीतहरुको भिडियो धमाधम सार्वजनिक भैरहेका छन्। यहि क्रममा भर्जिनिया , अमेरिका निवासी गीतकार तथा साहित्यकार पुष्पा घिमिरेको रचना तथा राम कार्कीको संगीत संयोजनमा गायिका गरिमा हुमागाईले मिठास भर्नु भएको ‘फेरी पनि आयो तीज’ यसपालिको तीज महोत्सबलाइ मध्यनजर गर्दै बजारमा आएको छ।

कोरोनाको माहामारीले गर्दा घर बाहिर निस्केर आफ्नो मौलिक पर्व मनाउन कठिनाई भएको अवस्थामा सुरक्षित रही घरबाटै तीज मनाउन तथा अमेरिकाको डिसी मेट्रो क्षेत्रका बासिन्दाहरुले सामुहिक रुपमा आगामी अप्रिल २१ का दिन तीज महोत्वस मनाउने अभियानबाट आफु प्रभावित हुदै यो गीतको रचना गरि सार्वजनिक गरेको गीतकार / सर्जक पुष्पा घिमिरेले बताउनु भयो।

फेरी पनि आयो तीज गीतलाई संगीत संयोजन राम कार्की ले गरेका हुन्। गीतलाई चर्चित गायिका गरिमा गुरागाइले गाएकी हुन् । भिडियोमा निर्देशन रिभान राई , छायांकन सागर गौतम , सम्पादन अधिनायक मान सेरचन, नृत्य निर्देशन शान्ता कार्कीको रहेको छ। भिडियोमा नेपाली हिन्दु महिलाहरुको मौलिक रातो पहिरनमा छमछमी नाचगान तथा अभिनय देख्न पाईन्छ। फेरी पनि आयो तीज गीत तथा भिडियो रमाइलो बनेको छ।