दानराज चलचित्रको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौँ ।
डिएस डिजिटल सिनेमाको ब्यानरमा गीतकार तथा निर्देशक शंकर अधिकारी घायल को प्रस्तुती मा शत्रुघन अन्सारी ,र कल्याण रत्न कार्कि को निर्माणमा नेपाली कथानक चलचित्रको आज काठमान्डौको कलङकीमा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

चेतन घिमिरे र सावर अधिकारी को सहनिर्माण रहेको दानराज चलचित्र निमार्ण हुने सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रम मा दानराज चौलागाईं , चेतन घिमिरे , आरोही राणा र निर्देशक शंकर अधिकारी घायलले चलचित्र को बारेमा प्रकाश पारेका थिए। कोहि पनि रहर ले अपराधी बन्दैन किन बन्छन मानिस अपराधी यहि सेरोफेरोमा कथा घुमेको जानकारी दिएको थियो।

कृष्ण पाण्डे को छायांकन ,देव महर्जन को द्वन्द, राम केसि र सन्दिप भुजेल को नृत्य मा सुरेस अधिकारी पुरुषोत्तम न्यौपाने ,सन्तोष प्रगाढ ,राजेश कुमार श्रेष्ठ को संगीत ,सुरेस अधिकारी ,नित्याशिवा, पुरुषोतम न्यौपाने , सन्तोष जिबि को स्वर मा सुबास गौतम र शंकर अधिकारी घायलको गीत रहने छ ।

दानराज चौलागाईं ,सोनाली ताम्राकार ,सुनिता दहाल, रबिन श्री,रबि खड्का , गङा कुवर, सागर गुरु चौलागाईं ,करुणा श्रेष्ठ ,शत्रुघन अन्सारी ,तृष्णा खड्का ,रमेस डिसि,तारा लामिछाने ,मुना कुवर राणा सुन्दर लामा र आर जे भिलेन को अभिनय रहने छ । डेब्यु कलाकार रेश्मा घिमिरे ,र सबिन केसि रहेकाछन भने स्वस्तिक चौलागाईं ,हृदय कार्की र सफलता चौलागाईं बालकलाकार रहनेछ । शंकर अधिकारी घायल को लेखनर निर्देशन रहने दानराज मुवि लकडाउन खुले संगै फ्लोरमा जाने जानकारी दिएको थियो ।