कारोना भाइरस वीर्यबाट सर्दैन, तर…..| वीर्यमा कोरोना पाइएन तर…..|

कोरोना भाइसरबाट जोगिन व्यक्तिगत दुरीलाई महत्वपूर्ण उपायका रुपमा लिइँदै आएको छ । यसका लागि धेरै देशहरूले लकडाउन र आइसोलेसनको तरिका अपनाउँदै आएका छन् । तर, संयुक्त राष्ट्र जनसंख्या कोषले विभिन्न अध्ययनहरूलाई आधार मानेर यो बताएको छ कि महिनौं लामो लकडाउनका कारण अनावश्यक गर्भधारण, बाल विवाह र महिला हिंसाका घटनाहरू बढ्न सक्छन् ।

युएनएफपीएको एक रिपोर्टअनुसार कम र मध्यम आय भएका देशका मानिसहरूलाई लकडाउनमा आधुनिक गर्भनिरोधक साधनहरूको पहुँचमा समस्या हुन सक्छ र यसले गर्दा अनावश्यक गर्भधारण हुन सक्छ ।

महिनौ‌ंको लकडाउनले महिलामा स्वास्थ्य समस्या आउने र बालविवाह अन्त्य गर्ने कार्यक्रममा ढिलाइ हुने र त्यसको परिणामस्वरूप अर्को दशकसम्म बालविवाहका घटनाहरू बढ्न सक्ने दाबी गरिएको छ ।