पोखराको महेन्द्रपुलमा बन्ने भयो यस्तो पार्क, पुल छेउकै घरहरु भत्काईदै((भिडियो)

पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुल महानगर कै कारण कुरुप बनेको भन्दै स्थानिय सरोकारवालाहरुले विरोध गरेका छन् ।
महानगरले पुलको दायाँ बायाँ सटरहरु भाडामा लगाउदा थप सौन्दर्यकरण कायम गर्न नसकिएको उनिहरुको आरोप छ । महानगरद्धारा वर्षौ पहिले निर्माण गरिएका ति भवनहरु जिर्ण बनेका कारण जोखिमहरु बढेका उनिहरुको टिप्पणी छ ।
त्यस स्थानमा ति भवनहरु विस्थापित गरि पार्क सहितको पार्किङ निमार्ण गर्न उनिहरुले माग गरेका छन् । पुलको दायाँबायाँ अहिले पोखरा पुस्तकालय र पोखरा आर्ट ग्यालरी संचालन गरिएको छ । साथमा मासु तथा मोवाईल पसलहरु समेत संचालनमा रहेका छन् ।
पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले पुस्तकालय र आर्ट ग्यालरीलाई प्रदेश संग्रहालयमा सार्ने भनिएको भएपनि प्रदेश सरकारले चासो नदिएका कारण ढिलाई भएको बताए ।