दिलु, ज्ञानु, र र दिलसराको मौलिक तीज गीत “तीजको लहर छायो बरिलै” सार्बजनिक (भिडियो सहित)

राजु बोहरा-श्रावन ५ काठमाण्डौ – नेपालि नारीहरुको महान चाड हरितालिका तीज नजिक आइरहंदा यसलाई लक्षित गर्दै बिभिन्न गीतहरु बजारमा आइरहेका छन् । यी तीज गीतहरुको भिडमा गत बर्षको तुलनामा केहि आफ्नो मौलिकता भन्दा टाढा रहेर सार्बजनिक गरिएका हुन् कि भन्ने किसिमका गीतहरु पनि धेरै मात्रामा रहेका छन् । कुनै पनि चाडबाड बिशेष गीत मौलिकता मा नै सिमित हुनपर्छ भन्ने मान्यता राख्दै यतिबेला दिलु सलामी मगर, ज्ञानु मगर र दिलसरा काउछा मगरले “तीजको लहर छायो बरिलै” बोलको गीत बजारमा ल्याएका छन् ।

बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेता पनि उनिहरुले त्यति चर्चा पाउन नसकेको गुनासो गरेका छन् । तर पनि क्षणिक चर्चा कमाउन आफुहरुले लोक तथा दोहोरी गीतको मौलिक घरबाट बाहिर जान नचाहेको प्रष्ट पार्छन् । यसै पेरिफेरिमा रहेर पछिल्लो समय बजारमा आएको गीतमा दिलु सलामी मगर, ज्ञानु मगर र दिलसरा काउछा मगरको नै सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतलाई लय दिलसरा काउछा मगरको रहेका छन् भने शब्द दिलु सलामी मगर र ज्ञानु राना मगरको रहेको छ । गीतको स्वाद जति मौलिकतामा सिमित त्यति नै म्युजिक भिडियोलाई पनि उत्कृष्टता दिने प्रयास गरिएको छ । तीको लहर छायो बरिलै” बोलको गीतको म्युजिक भिडियोमा खुशी बुढा मगर, बिमन्त मगर, लिजा मगर, दिपिका मगर, प्रिया मगर र निर्मला मगरको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन चुमन काउछा मगर, छायांकन बसन्त महर्जन, क्रियोग्राफी उदिराम खड्का र सम्पादन हुम गैरेले गरेका छन् । हामि यस संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।