एकै दिनमा अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ६१ हजार

अमेरिकामा एकै दिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६१ हजार पुगेको छ । गत दुई दिनको तुलनामा नयाँ संक्रमित हुनेको संख्यामा घट्दो अवस्थामा छ । गत आइतबार जुलाई १९ का दिन जोन्स हप्किन्स बिश्वबिद्यालयका आँकडा अनुसार ६१ हजार ४ सय ८७ जना संक्रमित रहेको जनाएको छ ।

हाल सम्म अमेरिकामा ३८ लाख ५८ हजार कोभिड-१९ बाट संक्रमित छन् भने मृत्यु हुनेको संख्या १ लाख ४२ हजार पुगेको छ ।

गत शुक्रबार राती सम्म ७७ हजार २ सय ३३ जना संक्रमित भएका थिए । शनिबार कोरोनाबाट एकै दिनमा संक्रमित हुनेको संख्या ६३ हजार ६ सय ९८ भएको थियो ।

तथापी अमेरिकाका १९ वटा राज्यमा संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएको छ भने अत्यधिक संक्रमित हुने राज्यहरुमा अलास्का,अर्कान्सस,फ्लोरिडा,जर्जिया,आइडाहो,मोनटाना,नेभादा,न्यू मेक्सिको,नर्थ क्यारोलाइना,ओहायो,ओरेगन,टेनेसि,टेक्सस युटह,वाशिंगटन तथा विस्कनसिन रहेका छन् ।

श्रोत :सिएनएन / इनेप्लिज