विदेशीले जे भिडायो त्यो भिरिदिनु हिन्दुत्व हैन भन्दै नेपाली दिदि बहिनि हरुलाइ कडा संदेश दिदै लाइवमा तारा बराल (भिडियो सहित)

सम्पुर्ण नेपाली दिदीबैनीहरुमा अनुरोध भन्दै तारा बराल फेसबुक लाइम आफ्नो धारणा पोखेकी छन् उनि लेख्छिन : धनी र घमण्डी महिलाले लाउने साउनको हरियो पहेंलो चुरा र पहेंलो वस्त्र पण्डित र लामा गुरुहरु अनुसार हाम्रो संस्कृति हैन तर यो बिकृतिले भारत पोशेकोछ,खाडीका नेपाली श्रीमान डुबाएकोछ भने लाखौं गरिबलाई धर्म परिवर्तन गराएकोछ। सचेत रहौं! यो हाम्रो उत्पादन पनि हैन, यसमा इज्जत पनि छैन, अहम मात्रै छ।

विदेशीले जे भिडायो त्यो भिरिदिनु हिन्दुत्व हैन!

स्वतन्त्रता र संस्कृति संगै अटाउंदैन, स्वतन्त्रताका आडमा हिन्दुको नाम जोडेर वेश्यालय खोले पनि छोडिदिने अब!? धर्मै गर्न सिकाउने भए आफ्नै हातले रोपेको अन्न खांदा र आ आ आफुले रोपेको मात्रै फूल चढाउंदा मात्रै स्वर्ग गइन्छ रे , धर्म कमाइन्छ रे भनेर सिकाऔ, बिकृति नै फैलाउने भए सिधै विकृति लगाएको भन्ने तर बिकृतिलाई हिन्दुसंग जोडेर व्यापार चलाउन पाइंदैन।

साउनको हरियो चुरा, पहेंलो वश्त्र अशिक्षा र मुर्खताको परिचय हो! विदेशीको व्यापार हो। आयातित केमिकल युक्त मेहन्दी अहिले छालाको क्यान्सरको प्रमुख कारक तत्व बनेकोछ। यो फगत ईण्डियाको बढि भएको चुरा, कपडा, मेहन्दी मुर्ख नक्कली नेपाली महिलालाई भिडाउंने विज्ञापन हो। हाम्रो चलन मात्रै साउनमा शिवजीलाई पहेंलो ध्वजा चढाउंने सम्म हो।

सचेत रहौं, उत्पादनमुलक लगानीमा जोड दिऔ।

हेर्नुहोस भिडियो :