देशभर ब्लड अभाब काेराेना कहरमा, सरूले सुरु गरिन देशभर सामुदायिक रक्त संकलन अभियान

काठमाडौ ।
लामो समय देखि दलित हक अधिकार र हिंसा र अन्यायको विरुद्ध ससक्त आवज उठाउदै आएकी महिला अधिकारकर्मी तथा सन्चारकर्मी सरु सुनारले देशै भरी ७७ जिल्लामा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ” मानव जिबनका लागि रक्तदान ” स्लोगन सहित रक्तदान कार्यक्रम गर्ने जानकारी दिएकी छिन ।

विशेष गरि कोरोनाको कहर र लकडाउनले गर्दा रगतको आबस्यकताको महसुस संगै मानबिय सेवा पूरा गर्नु एउटा जिम्मेवार युवाको कर्तव्य हो भन्दै सरु सुनारले नेपालमा हरेक देशको संकट र दुखको परिस्थितिमा र देश बचाउन र जोगाउन इतिहासका हरेक आन्दोलनमा दलित समुदायको त्याग , बलिदानी सगै महत्वपूर्ण योगदान रहेको भन्दै देशै भरी बाट दलित समुदायलाई फोकस गर्दै दलित समुदायका युवा युवतीको रगत हरेक ब्यलड बैंकमा जम्मा गरि दिने बताएकी छिन तर रगत दान कुनै एउटा समुदायकोले मात्र दिने र अरुले नदिने हुँदैन तर मुख्य फोकस भनेको दलित समुदायको रगत दानलाई गरिने छ जसले गर्दा कुनै खोला कुवामा पानी छुदा अछुत नहुने तर भाडामा राख्दा अछुत हुने ब्यलड बैंकमा कुन जातको रगत हो भनी सोधिदैन तर तर यहि समुदायको रगत मिसिदा चल्ने तर पानी नचल्ले सरुले भनिन ” अब नेपालका हरेक अस्पताल र ब्यलड बैंकमा समुदायका रगत दिइन्छ ” अब रगत चल्छ कि चल्दैन ? आफ्नो अभियानले समाजमा जातीय बिभेद न्यूनीकरण गर्नको लागि एउटा सकारात्मक सन्देश र शिक्षा समेत दिन्छ ।

सुर्खेतको बिरेन्द्रननगरमा स्व. रिमलाल बिश्वकर्माको स्मृतिमा उनका छोरा सुनिल रामदामले न्यु भैरहवा ट्रेडसको आयोजनामा उक्त रक्तदान कार्यक्रम भएको थियोे ।

कार्यक्रममा सुनचाँदी कारिगर युनियन , सुर्खेतको सहआयोजना ,नेपाल रेडक्रस सोसाइटी , सुर्खेतको सहकार्य थियोे ।
रक्तदान कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यमा बिधिवत रुपमा मन्त्रीले उक्त अभियानको उद्दाघाटन गरेका थिए भने सरु सुनारले आफ्नो रगत डोनेसन गर्दै सुरु गरेकी थिइन ।

मुख्य मन्त्री शाहीले अहिले धेरै बोल्ने तर काम नगर्ने प्रवृत्ति भएको भन्दै सरु सुनारले थाल्न लागेको यो अभियानले मानवीय सेवामा थप सहयोग पुराउने बताएका थिए ।
नेपाल रेडक्रस सोसाइटी ,कार्यक्रममा सुर्खेतका सभापति रामलाल आचार्यले उधोग बाणिज्य संघका महासचिव , पुर्ब अध्यक्ष बिस्नु शाही , वडा न.६ का वडा अध्यक्ष मोती कडेल ६ नम्बर वडा , सुनचाँदी व्यावसायि संघको उपाध्यक्ष , सचिब साथै नागरिक समाजका विभिन्न ब्यक्तीहरुको उपस्थिति रहेको थियोे । – थाहा अनलाइन