आज बोल्न मन नहुँदा नहुँदै पनि अतिचार भएपछि बोल्न बाध्य भएँ !

लेखिका ज्वाला संगौला महानायक को चर्का चर्की भै रहेको बेला आफ्नो धारणा सामाजिक संजालमा लेख्छिन :

#साथीहरु ! आज बोल्न मन नहुँदा नहुँदै पनि अतिचार भएपछि बोल्न बाध्य भएँ । मेरो बिचार प्रति क कस्ले बिमति जनाउँछ यस्मा मलाई कुनै सरोकार छैन तर मेरो बिबेकले बुझेको लेख्नु पर्छ जस्तो लाग्यो ! हामीलाई थाहै छ नेपाली चलचित्र उधोगमा राजेस हमालको जति योगदान अरु कसैको छैन होला ! वहाँले बर्षमा १० वटा चलचित्र खेले पनि ,ती चलचित्र हरु ब्यबसायिक रुपमा कति असफल भएपनि वहाँले कहिले हरेश खानु भएन, जस्तोसुकै सानो रोल भएपनि तेस्लाई म खेल्दिन भन्नु भएन , कहिल्यै अनावस्यक बिबादमा आउनु पनि भएन , आलोचना , गाली ताली सबलाई आत्मसात गर्दै जीबनको उत्तरार्दतिर आईपुग्दा अहिले वहाँको नाममा महानायक हो कि होईन भन्ने बिषयमा संजाल तातिएको छ ! दीपाश्री निरौलाले एउटा अन्तर्वार्तामा दिएको थोरै नमिल्दो अभिव्यक्ति पछि संजालमा आएको सुनामी नजिकबाट मैले हेरें! राजेस हमाल हरेक हिसाबमा मेरो लागि महानायक हुनुहुन्छ, चाहे वहाँको कामप्रतिको लगनशीलता होस् या वहाँको शैक्षिक धरातल होस् या वहाँको पर्सनालिटि होस् ..! राजेस हमाल बिनाको नेपाली सिनेमा जगत अधुरो नै छ र हुने छ ! वहाँ एउटा नायक मात्र नभएर अन्तरास्ट्रिय मन्चमा पनि डिबेट गर्न सक्ने ज्ञान र क्षमता भएको ब्यक्तित्व हुनुहुन्छ! जब हामीलाई यो सब थाहा छ भने कसैले दिएको थोरै नकारात्मक अभिब्यक्तिलाई लिएर किन बेकारमा समय खेर फाल्नु हुन्छ ?

किन कसैको चरित्र माथी औंला उठाउनु हुन्छ ? किन उस्को बाँकी भबिस्य नै ध्वस्त हुने गरि उस्को मानहानी गरिदिनु हुन्छ ? मलाई थाहा छ दिपा श्रीले बोल्दा गल्ती जरुर गरेको छ तर यस्को मतलब यो हैन कि दिपा हरेक कुरामा ग़लत हो , काम नलाग्ने हो , चरित्र हिन हो , कसैको अघोषित श्रीमती हो .,! के यस्तो बोल्न मिल्छ ? म सानी थिएँ जतिबेला रामबिलास र धनियाहरु रेडियोमा बोल्न आउँथे! बुझे नि नबुझे नि खुब रमाईलो लाग्थ्यो ! मेरा दिदी दाईहरुले मलाई पछि सिकाउनु हुन्थ्यो कि समाजमा भएका ग़लत कुराहरुलाई यसरी रमाईलो तरिकाले बोलेको हो भनेर .., समाजलाई कलाको माध्यामबाट केहि शन्देश दिन खोजेको हो भनेर ..! पछि ठूलो हुँदै जाँदा दिपक र दीपाको तीतो सत्य लगायत दर्जनौ हाँस्य ब्यँग्य कार्यक्रमहरु हेर्ने अवसर जुट्यो! समाजमा भएका बिकृति , सरकारमा भएका बिकृतिहरुलाई रमाईलो पारामा घुमाएर दनक दिने यो शैलि बडो गजबको थियो ! हुँदाहुँदा दीपालाइ र दिपकलाई देशले चिन्यो , जनताले चिने , एउटा नाम बन्यो !

यहाँसम्म आईपुग्न एउटी छोरी मान्छेले कति दुख गरेको होला , कतिको दमन र गाली सहेको होला , कति दिन भोकै हिडेको होला ..! आज आएर उनले दिएको एक अभिव्यक्तिको कारण उनलाई चरित्र हिन बनाएर , उनलाई डिप्रेशनमा पुर्याएर , एउटा उर्वर कलाकारको भबिस्य भत्काएर के पाईन्छ साथीहरु ? के उनी नाङ्गै झण्डा बेरेर हिँडेकी छिन्? के उनले रास्ट्रको हित बिपरित काम गरेकी छिन? के उनी बिदेशी दलालहरुसँग मिलेर सरिता गिरीजस्तो गएगुज्रेको भाषण गर्दै हिँडेकी छिन्? छैनन् नि ? ल उनले राजेशलाई महानायक भनिनन् रे , उनले भन्दैमा राजेस हमालको संघर्षको इतिहाँस र नाम गुमनाम हुने हैन नि? उनले गल्ती गरिन्, बोल्दा अलि बढि बोलिन्, यस्को मतलब यो हैन कि उनी साराका सारा ख़राब छिन्! उनले गल्ती गरिन् यस् अर्थमा कि उनी एक मानव हुन्! मान्छेबाट गल्ती हुन्छ यो स्वभाविक छ , जस्को लागि उनले माफी पनि मागिसकिन् तर हामी भने उनलाई खेद्न अझै छाडेका छैनौ..!

साँच्चै भन्नुपर्दा दिपक र दिपाले थोरै चलचित्र गरे , जीवन ढल्किदै जाँदा फ़िल्म खेले तर उनीहरुले अभिनय गरेका थोरै चलचित्रले यो देशको सरकारलाई दिएको झापड हजारौ चलचित्रका छाडा चुम्बनका दृस्यहरुले बिस्थापित गर्न कदापी सक्दैनन् ! अर्को कुरो दिपकराज गिरी भनेको अलिकति घमण्डी जस्तो देखिएता पनि समाज र सरकारका ग़लत क्रियाकलापलाइ हामीजस्तै स्वतन्त्र हिसाबले संजाल मार्फत सिधा दनक दिनसक्ने हिम्मत भएको कलाकार हो ! ऊ एउटा सामाजिक मान्छे पनि हो! एउटा कुराकानीको क्रममा मलाइ केहि महिना अगाडि रबि दाईले दीपक राज गिरी समाजमा प्रचार प्रसार नगरि लाखौं सहयोग गर्ने सफा मनको मान्छे हो ,धेरै सहयोग गरेको छ तर नदेखाएरै गरेको छ भन्नु भएको थियो ! रबि दाई जेल परेको बेला होस् या अन्य सामाजिक बिसंगति र अत्याचारको बेला होस् , दीपक र दिपाले सत्यको लागि , न्यायको लागि बोलेको र सिँगो देशको लागि दिएको योगदान कम छैन !

हेर्नुस् मित्रहरु कलाकारिता भनेको डेमोक्रेटिक हुन्छ ! चाहे त्यो हाँस ब्यंग्य होस् चाहे पुरातन होस् चाहे आधुनिक होस् ! कसैको कलाकारिता माथी खिल्ली उँडाउँदै उस्लाई जोकर भन्नेचाहि सँसारको सबैभन्दा ठूलो जोकर हो ! हामी उस्को बिचार माथी बिमति राख्न सक्छौं तर जब हामी बिचार बाट भड्किएर उस्को चरित्र माथी उत्रन्छौ, हामी संसारकै सबैभन्दा निकम्मा र बिचारको धोती फुक्लेका बेसरम मान्छे हैं!हामीलाई राजेश हमाल पनि चाहिन्छ , दीपा पनि चाहिन्छ दीपक पनि चाहिन्छ ! तसर्थ सके सबैलाई सम्मान गरौँ , नसके चुपचाप बसौं..! दिपा डिप्रेशनमा छिन् ! उनीसँग मेरो चिनजान पनि छैन , फेसबुकमा साथी पनि छैनौ, कति म्यासेज गरें , रिप्लाई आएको छैन ..! उनलाई अझ बढि सक्रिय भएर काम गर्न र एकईन्च पनि हिम्मत नहार्न मेरो पनि थोरै हिम्मत थपिदिएको छु ! यो कुरा कसैले उनलाई पुर्याईदिनु प्लिज ?