समयसान्दर्भिक तीज गीत दिदिभाइ आयो l भिडियो हेर्नुहोस l

कोरोना कहरका बिछ तीजको रहर बढिरहेका बेला गीत हरु आउनी क्रम जारी नै छ यतिबेला राधिका हमाल र राजेन्द्र कडेलको आवाजमा रहेको तीज गीत दिदिभाइ बजारमा आएको छ l निर्मला सुवेदीको शब्द रहेको गीतमा राजेश बर्देवाको संगीत रहेको छ भने ओबि रायमाझी र शोभा त्रिपाठिले अभिनय गरेका छन् l गीतमा परदेश बाट स्वदेश आएको भाइ क्वारेन्टाइन मा बस्नु परेको र तीजमा आफ्नो दिदिबहिनी अर्थात चेलिबेटी लिन जान नपाएको र उता माइतिको बाटो हेरेर बसेकी चेलिको ब्यथा कथा समावेश गर्न खोजिएको छ l

यसपाली माइत आउन नपाएनी भाइको क्वारेन्टाइन बसाइ लाई थप उर्जा र हौसल्ला दिने काम चेलिले गर्छिन भने भाइले पनि दिदिको मन लाई दुखी नबनाउन अनुरोध गर्दछन l

गीत लाई बिक्रम चौहान को निर्देशन प्रकाश खड्का को छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ l जैमिनी नगर बाग्लुङका मेयर शिक्षा अधिकृत वार्ड अध्यक्ष र शिक्षक बुद्दिजिवी हरुलाइ पणि भिडियोमा डेख्ण सकिन्छ|