एडिनवरा, स्कटलैण्डमा नेपाल देखि शिक्षिकको सहभागितामा अनलाइनबाटै बालबालिकालाई नेपाली कक्षाको सञ्चालन।।।

एडिनवरा, स्कटल्यान्ड । आज गुरू पुर्णिमा: सम्पूर्ण आदर्णिय गुरू जन प्रति गुरु पुर्णिमाको हार्दिक शुभकामना।

नेपाल स्कटलैण्ड एसोसिएसनको, उप समिति: नेपाली कम्युनिटि भाषा तथा नृत्य स्कुल केन्द्रले अनलाइनबाटै बालबालिकालाई नेपाली कक्षा शुरु गर्दै आइरहेको छ। संस्थाले लकडाउनका कारण छुट्टीमा रहेका बालबालिकालाई अनलाइन जुम मार्फत नेपाली भाषा तथा नृत्य कक्षा प्रदान गरेको छ।
प्रत्येक शनिबार १० देखि १२ बजेसम्म अनलाइन कक्षा लिइने नेपाल स्कटलैण्ड एसोसिएसनका अध्यक्ष बिजय डंगोलले जानकारी दिए । अध्यक्ष डंगोलका अनुसार, बालबालिका हरूको नेपाली भाषा र संस्कृतिको जगेर्ना तथा विकास को लागि र यस्तो बिषम परिस्थितिमा घरमै लडाउनमा रहेका बालबालिका हरूको नेपाली भाषा तथा संस्कृति नृत्य तथा बौद्धिक र नैतिक बिकासको निरन्तरको आवश्यक रहेकोले यस कक्षालाई बढी प्राथमिकता दिएको जानकारी दिएका थिए।
उक्त अनलाइन कक्षा नेपाल स्कटलैण्ड एसोसिएसन का महासचिव मनिष खत्री द्वारा संचालन गर्दै आइरहेको छ साथै यस अनलाइन कक्षा प्रभावकारी र बालबालिका हरूझन बढी उत्साहित रहेको सचिव मनिष खत्री बताउँछ।
यस नेपाली कक्षाका सम्पूर्ण पाठ्यक्रम निर्माण र यसको लागि आवश्यक पर्ने सम्पूर्ण सामार्गीको व्यवस्थापन यस उप समितिका सचिव रिता कार्कीले गरेका छन् भने सम्पूर्ण कार्य समितिका पदाधिकारी, शिक्षक/शिक्षिका, अभिभावक तथा स्वयम् सेवक साथी हरूको उतिकै महत्वपूर्ण योगदान रहेको छ।
यस कक्षा संचालन तथा यहाँ का बालबालिका हरू को नेपाली भाषाको बिकास का लागि नेपाल देखी नेपाली शिक्षिका शर्मिला रिजाल र बर्मिन्गम, इङ्गल्याण्ड बाट शिक्षिका संगिता भण्डारी द्वारा कक्षा सञ्चालन मा सहयोग गर्दै आइरहेको छ र यसरि आफुले नेपाली भाषा पढाएर सहयोग गर्न पाएकोमा धेरै खुशी व्यक्त गरेका छन्।
कक्षा सञ्चालन अघि नेपाली राष्ट्रिय गान बाट शुरू गराइन्छ भने त्यसपछि एक घण्टा ‘नेपाली लेख र पढ’ कक्षा गराइन्छ जस्मा नेपाली भाषा, हिसाब, चित्रकला, नृत्य तथा अन्य शैक्षिक गतिविधिहरू स्कुल को पाठ्यक्रम अनुसार पढाई अघि बढाएको जानकारी यस उप समितिका अध्यक्ष टिका खराल बताऊछ्।
अन्तिम आधा घण्टा नृत्य तथा संगीत लाई जोड दिएको छ जसमा बालबालिकाले नेपाली नृत्य, संगीत सिक्ने मौका पाउंछन् ।
नृत्य को लागी नेपालमा नृत्य प्रशिक्षक तथा कोरियोग्राफी रहेर काम गरिसकेकी चेत सुनुवार द्वारा नृत्य सिकाउदै आएका छन्।यस नेपाल स्कटलैण्ड एसोसिएसन ले सन् २०१५ देखि बेलायतमै जन्मिएर हुर्किएका बालबालिकालाई निरन्तर नेपाली भाषा तथा नृत्य कक्षा सञ्चालन गर्दै आइरहेको छ । अहिले विभिन्न समूहहरू प्रारम्भिक, मध्यम र एडवान्स गरि यु केका बिभिन्न क्षेत्र बाट लगभग ३५ जना बालबालिकाले नेपाली भाषा र नृत्य सिकिरहेका छन् जस्मा सबै भिन्दा भिन्दै कक्षाका लागि एक शिक्षक, एक स्वयम् सेवक र अभिभावक रहि १:१२ शिक्षक र विद्यार्थीहरूको रेसियोमा कक्षा सञ्चालन रहेको छ। मनिष खत्री, रिता कार्की, शर्मिला रिजाल, रोशन सिवाकोटी, संगीता भण्डारी, मिनिषा खत्री, अञ्जली चापागाँई, समिता सिंह भुसाल द्वारा नेपाली भाषा, गणित बिषय र चित्रकला र नृत्य मा चेत सुनुवार ले सिकाउदै आइरहेको छ। उमेरको आधार र नयां थपिने बालबालिकालाई फरक फरक समूहमा कक्षा लिइने संस्थाले जनाएको छ ।3q\नेपाल स्कटल्यान्ड एसोसिएसन द्वारा अनलाइन कक्षाको नेतृत्व गरिरहेका संस्थाका अध्यक्ष बिजय डंगोलले जुम अनलाइन कक्षामार्फत संसारभर जोड्न सकिने र अझ व्यवस्थित र प्रभावकारी भएकाले यसैलाई निरन्तरता दिने सोच भएको समेत बताए । साथै सचिव मनिष खत्री द्वारा बेलायतमै जन्मिएका नेपाली बालबालिकाले आफ्नो मातृभाषा नबिर्सिउन् भन्ने ध्येय हो, बताउछ।
यस नेपाली कक्षामार्फत बालबालिकाले लेख्न पढ्न सिकेका छन् र साथै यस नेपाली कक्षा सफलतापूर्वक सञ्चालनमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू लाई धेरै धेरै धन्यवाद र सधैं यस्तै सहयोग गरिदिन नेपाल स्कटलैण्ड एसोसिएसन परिवार आग्रह गर्दछ।

धन्यवाद ।।।