अमेरिकामा लगातार तेश्रो दिन पनि कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ५० हजार

अमेरिका विभिन्न राज्यहरुले जुलाई ४ अर्थात् स्वतन्त्र दिवसको अवसरलाई मध्यनजर गर्दै राज्यहरु खुल्दै गर्दा कोरोना संक्रमण घट्ने क्रम भन्दा बढ्दो क्रम आकाशिएको छ ।

गत बुधबार जुलाई १ देखि जुलाई ३ सम्म अमेरिकामा तेश्रो दिन पनि कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ । अमेरिकाका राज्यहरुमा संक्रमण बढ्ने क्रम जारी छ । अमेरिकाका क्यालिफोर्निया,एरिजोना,टेक्सस र फ्लोरिडामा संक्रमण हुनेको संख्या अत्यधिक रहेको छ ।

फ्लोरिडा स्वास्थ्य विभागले ११ हजार ४ सय ४५ नयाँ कोभिड-१९ बाट संक्रमित भएको शनिबार जनाएको छ । उक्त आँकडा शुक्रबारको हो भने गत बिहिबार १० हजार १ सय ९ वटा नयाँ संक्रमितहरु पाइएको जनाएका थिए ।

हाल सम्म अमेरिकामा १ लाख १३ हजारको कोभिड-१९ बाट मृत्यु भै सकेको छ भने २८ लाख मानिस संक्रमित रहेका छन । यो भयावह स्थितिबाट जोगिन गभर्नरहरुले नया बिकल्प सोच्न बाध्य भएका छन् ।

मानिसहरु जम्मा हुने ठाउँहरुमा बन्द गरिएका छन् भने सबैलाई सामाजिक दूरी कायम गर्न र मुखावरण लगाउन सबैलाई आग्रह गरिएको छ । अमेरिकाको टेक्सस राज्यका गभर्नर जसले सबै भन्दा अगाडी पुन राज्य खोलेका थिए ।

उनको राज्यमा अत्यधिक रुपमा संक्रमितको संख्या वृद्धि हुदै जाँदा पुन लकडाउन(हिडडुल/घुमफिर)बन्द गर्न सक्ने सम्भावना गर्न सक्ने समेत रहेको संचार माध्यमले चर्चा गरेका छन् ।

श्रोत :सिएनएन / इनेप्लिज