पहिरोमा परि तीन बेपत्ता , ४ जनाको मृ,त्यु, खोलाले बगाएर बैतडीमा एक महिलाको मृत्यु

वीरेन्द्र रावल,

धनगढी,असार १९÷ कोरोनाको संक्रमणले थिला थिला भएको देशमा फेरी बर्षातको शुरुवात संगसंगै प्राकृतिक विपत्तीहरु एक पछि अर्कोगरी थपिदै जान थालेका छन।

हरेक बर्ष बर्षातको समयमा पहाडी जिल्लामा बाढी र पहाडी जिल्लामा पहिरोको कारण मानिसहरुले अकबाल्मै ज्यान गुमाउनु पर्ने र प्राकृतिक विपत्तीको चरम शास्ती खेप्नु पर्ने अवस्थाको सृजना हुन पुगेको छ।

यसैक्रममा शनिवार विहान सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको केदारस्यूँ गाउँपालिका वडानम्बर ८ मल्लेसमा गाँउँको सिरानबाट पहिरो र बाढी गाउँमा पसेपछि चार जनाको मृत्यु भएको छभने तीन जना बेपत्ता रहेको समाचार प्राप्त भएको छ।

केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराका अनुसार अझै ३ जना बेपत्ता भएको र चार जनाको सब फेला परेको छ । बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको कुरा वडाअध्यक्ष बोहराले बताउनु भएको छ । अन्य बेपत्ताहरु भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

छिमेकी दुर्गाथली गाउँपालिकाको बिसौनाबाट गएको प्रहरी टोली र स्थानीयहरुले पहिरोमा पुरिएको अवस्थामा चार जनाको शव निकालेका हुन् । पहिरोमा पुरिएका ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठाराको शव भेटिएको केदारस्युँ ८, का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो । राममतीकी १६ वर्षकी छोरी अस्मिता जेठारा अफै पहिरोमा बेपत्ता छिन । यस्तै पहिरोमा पुरिएका ८० वर्षका दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको पनि शव फेला परेको बोहराले जानकारी दिनुभएको छ । राममती जेठाराकी छोरी अस्मिता, स्थानीय १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठारा पनि पहिरोमा बेपत्ता भएको बताइएको छ।

बेपत्ताको खोजीकार्य जारी रहेको र जिल्लाबाट आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा सक्रिय रहेको बोहराले जानकारी दिनु भएको छ । पहिरोले बाटो बगाएका कारण सुरक्षाकर्मीहरुको उद्धार टोली ढिलो गरी त्यहाँ पुगेको थियो।

कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको दुई वटा टोली फरक फरक बाटो भएर घटनास्थलतर्फ पुगेको कुरा मेजर तारा खड्काले बताए । सेनाको एउटा टोली केदारस्युँको जुलीगाडबाट र अर्काे टोली बुङ्गल नगरपालिकाको काँडाचौरबाट घटनास्थलतमा पुगेका खड्काले जानकारी दिनु भयो । पहिरोले मल्लेसीका १८ वटा घर बगाएको छ भने दुई वटा घरमा क्षति पुगेको पनि वडाअध्यक्ष बोहराले जानकारी दिनु भएको छ । यसैगरीखोलाले बगाउँदा बैतडी जिल्लामा शनिबार एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पुर्चौडी नगरपालिकास्थित अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो।

मृतक महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनु भएको छ । तीं महिलालाई जमाडी खोलाले बगाएर ल्याएको शव गिरीजाबगर भन्ने स्थानमा फेला परेको थियो।

’मृतक महिलालाई खोलाले बगाएर ल्याएको जस्तो छ। स्थानीयहरुले शवदेखिपछि प्रहरीलाई खबर गरेका थिए।’ प्रहरी नायव उपरीक्षक अधिकारीले भन्नु भयो ‘प्रहरीको टोली घटनास्थलतर्फ पुगेर सब पोष्टमार्टममा लागि जिल्ला अस्पताल लैजाने तयारी भैरहेको पनि बताइएको छ – Enepalese