अनिल गुरुङले ल्याए लभ पोईन्ट, बाहुनको धोती मन पर्दैन शब्द बिवादमा (भिडियो सहित)

काठमाडौं । नेपाली रंग पत्रकारितामा जमेका पत्रकार अनिल गुरुङ अभिनेता समेत बनेका छन् । आफ्नै लेखन र निर्माणमा बनेको वेभ सिरिज लभ पोईन्टमा उनी प्रमुख भूमिकामा देखिएका हुन् । पछिल्लो समयमा कथित तललो जाती र माथिल्लो जातीको चर्चा चुलिदै गर्दा उनले निर्माण गरेको यो सिरिजमा अनिल गुरुङले तल्लो जाती बनेर भूमिका निभाएका छन् भने उनको अपोजिटमा नायिका एलिना रायमाझी देखिएकी छिन् ।

बिपरित शरिर देख्नासाथ नजिकिन खोज्ने युवा पुस्ताको मनोभावलाई केन्द्र बिन्दुमा राखेर निर्माण गरिएको वेभ सिरिजमा युवाहरुले बोल्ने केही भल्गर लाग्न सक्ने शब्द र संकेत पनि जस्ताको त्यस्तै राखिएको छ । एलिनालाई देखेदेखी नै एकोहोरो बनेका अनिल केही डेटिङ सेट गर्न सफल हुन्छन् । उनीहरु दुई जनाको प्रेम झांगिन थाल्छ तर अनिल बीचमा एउटा मनोदशामा फस्छन् अनि कथाले अर्को मोड लिन पुग्छ । अनिलसँग नजिकिन पुगेकी एलिनाको चित्त के ले दुखाउँछ अनि मन किन बदलिन्छ ? त्यस पछि कथाले कुन मोड लिन्छ र अनिलले आफ्नो लभ पोईन्ट कसरी पल्यिाउँछन् त्यो थाहा पाउँनको लागी भने पुरा सिरिज हेर्नै पर्ने हुन्छ ।

नमस्ते अनलाईन टिभीको प्रस्तुति रहेको वेभ सिरिजमा प्रयोग भएका भाषाहरु सहज लाग्दा लाग्दै बाहुनले लगाएको धोती र बिना भाले बास्ने पोथी मन पर्दैन भन्ने शब्दले भने जातीय द्वेश निम्त्याउँन सक्छ । यतातिर लेखक समेत रहेका अनिलले ध्यान दिन सकेको देखिदैन । तर यो सिरिज हेर्न थालेपछि अन्त्यसम्म नहेरी मन मान्दैन, सिरिजको प्रमुख सफलता यही हो । सिरिजको निर्देशन आरजे प्रनवले गरेका छन् भने नबिन बाबु गुरुङले खिचेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् । भिडियोभित्र बिशाल रायमाझी तथा शायना जि.सी.लगायतको समेत अभिनय रहेको छ ।

पुरा भिडियो यो लिंकमा हेर्नुहोस् :