प्रधानमन्त्रीलाई विज्ञानको विश्वास नभएकोले नेपालमा कोरोना संक्रमण उच्च – गगन थापा

नेपाली कांगे्रसका यूवा नेता गगनकुमार थापाले प्रधानमन्त्रीलाई विज्ञानको विश्वास नभएकोले नेपालमा कोरोना संक्रमण उच्च भएको बताउनु भएको छ ।

नेता गगनकुमार थापाले नेपाली कांग्रेस धनकुटाले आज आयोजना गरेको जुम बैठकलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । कोरोना लाई जित्न सबै लाग्नु पर्ने कुरा आफूहरुले बताउँदा सरकारले कांग्रेसका कुनै कुरा नसुनेको तर अनियमितता तर्फ लागेको भन्दै नेता थापाले लकडाउन अबधीमा २० दिन मात्र काम गरेको भए पनि यस्तो समस्या नआउने बताउँनु भयो ।

सरकारले विदेशमा रहेका आफ्ना नागरीक ल्याउन समेत ध्यान नदिएको बताए । आर्थिक रुपले विश्व नै समस्यामा रहेको बेला नेपाल पनि यसको चपेटामा रहेको तर्फ अर्थमन्त्री र सरकारको ध्यान नजानु दुखद भएको उनको भनाई थियो ।