दिन दुखीका भगवान खगेन्द्र जसले १७ सडक मानव (महिला) को उद्धारमा सहयोगि बने

झापा ।। झापाका सडकमा जिवन बिताइरहेका सडक मानव(महिला)को लक डाउनको अवधीमा १७ जनाको उद्धार भएको छ । लामो समय देखी सडकलाई आश्रय लिइरहेका सडकका महिलाहरुको १ महिनाको अवधी उद्धार भएको हो । दिन दुखी र असहायको सारथी हाम्रो अभियानको सहयोग प्रदेश न १ सामाजीक बिकास राज्यमन्त्री जसमाया गजमेरको पहल उद्धार गरिएको हो ।

अधिकाषं मानसिक सन्तुलन गुमाएका उनीहरु लामो समयदेखि झापाका सडकमा बस्दै आएका थिए । सडकमा असुरक्षित रुपमा बस्दै, सुत्दै आएका उनीहरुको बिषयमा हाम्रो अभियानका अभियानता तथा संचारकर्मी खगेन्द्र घिमिरेले राज्यमन्त्रीलाई जानकारी गराएका थिए । त्यस लगात्यै पहिलो पटक सुरुङ्गा बाट एक महिलाको उद्धार गरिएको थियो । द्धोस्रो पटक झापाका सडकबाट ८ जना महिलाको उद्धार भएको थियो । उनीहरुलाई स्वाब टेष्ट गरी मानव आश्रम बिराटनगरमा राखिएको छ । भने थप मेचीनगर बाट ७ जना महिलाको उद्धार गरिएको छ । उनीहरुलाई समेत मानव आश्रम बिराटनगर लगिएको छ । उनीहरुको स्वाब टेष्ट गरिएको छ । सबैको रिपोटए नेगेटिभ आएको छ ।

असुरक्षित बसोवास गर्दै आउनु भएका आमाहरुको अवस्था देख्न सकिएन र तत्काल यस कार्यमा जुटेको राज्यमन्त्री गजमेरले जानकारी दिनु भयो ।झापाको सुरुङ्गा बिर्तामोड,अर्जुनधारा,मेचीनगर का सडक पेटीमा दश बर्ष अघि बस्दै आउनु भएका सडक मानव(महिला)को उद्धार गरिएको हो ।