यातायात व्यवस्था कार्यालय गण्डकी खुलेपनि सेवाग्राहीहरु मर्कामा, लाइसेन्स renew कहिलेबाट हुन्छ ?

कोरोना भाइरस अर्थात कोभिड – १९ को माहामारीका कारण गत चैत ११ गतेबाट नेपाल सरकारले गरेको लकडाउनका कारण अत्यावश्यक बाहेकका सेवाहरु बन्द भए । पछिल्लो समय असार १ गतेबाट सरकारले संक्रमणको स्थिति हेरेर केहि व्यवसाय खोल्ने देखि सरकारी कार्यलयहरु खोलेर सेवा प्रवाह गर्ने लगायतका निणर्य गर्यो । अहिले सरकारी कार्यलयहरुबाट सेवा प्रवाह भईरहेको छ ।

तर गण्डकी प्रदेश सरकारको मातहतमा रहेको यातायात व्यवस्था कार्यलय गण्डकीको लाइसेन्स शाखा बाट लाइसेन्स वितरण बाहेकका सेवा प्रदान गरिएको छैन । सेवाग्राहीहरु लाइसेन्स नविकरण, दस्तुर तिर्ने लगायतका काममा कार्यलयसम्म आएका छन् र काम नभएपछि निरास हुदै फर्केका छन् ।