एकै रातमा बाल्टिमोरमा भएको गोलीकाण्डमा ५ जना माथि गोली प्रहार, दुई महिला घाइते

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एकै रातमा भएको गोलीकाण्डमा ५ जना माथि गोली प्रहार गरिएको छ । गत जुन १३ ,शनिबारका दिन बिहानै भएको उक्त गोलिबारीमा सबैजना घाइते भएकोले अस्पताल भर्ना गरिएको छ ।

बाल्टिमोरकै पत्रिका बाल्टिमोर सनका अनुसार शनिबार मध्यरात पछि १:१५ मिनेटमा प्रहरीहरु फेल्स पोइन्ट्स आसपास गोली चलेको खबर सुने पछि त्यहा पुगेका थिए ।

प्रहरीहरुले २८ बर्षिय तथा २७ बर्षिय महिलाहरु घाइते अवस्थामा पाइएका थिए । सबैको स्थिति स्थिर रहेको प्रहरीले जनाएको छ । केही समय पछि प्रहरीहरुले २८ बर्षिय तथा २१ बर्षिय पुरुषलाई पनि फेला पारि उपचारको लागि अस्पताल लगेका थिए ।

अनुसन्धानकर्ताका अनुसार उक्त घटना मै उक्त दुई पुरुषलाई गोली प्रहार गरिएको प्रहरीहरुले विश्वास गरेको बताएका छन् ।

एसोसिएट प्रेस/डब्लुटिओपी
-इनेप्लिज