सरिता गिरिले बोल्न खोज्दा होहल्ला भएपछी निस्कदै भनिन आ,त्मह, त्या गर्न मात्र सकिनँ, मलाई धेरै नराम्रो गाली आयो (भिडियो हेर्नुहोस )

नयाँ नक्साविरुद्ध आफूले राखेको संशोधन प्रस्ताव खारेज भएपछि समाजवादी पार्टीकी सांसद सरिता गिरी संसद बैठक छाडेर हिँडेकी छन्। संविधान संशोधन विधेयकमा राखेको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले खारेज गरेपछि संसदबाट बाहिरिँदै गिरीले आफूले आ,त्महत्या गर्न नसकेको बताएकी छिन्। उनले आफूमाथि दुईसातादेखि जथाभावी गा,ली गरिएकोमा आ,पत्ति जनाइन्। संसद बैठकबाट बाहिरिएपछि त्यहाँ रहेका पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले आ,त्महत्या नरोजेर लडाइँको मैदान रोजेको बताएकी छन्। उनले बंगालदेश र बोस्नियाको उदाहरण दिँदै आफ्नो अपमान भएको गुनासो पोखिन्। ‘हरेक महिलाले आफ्नो स्वाभिमान र आत्मसम्मानको रक्षा गर्नुपर्छ।

राष्ट्रियताको नाममा एउटा महिला सांसदमाथि भएको यो अ,न्यायविरुद्ध म चुप लागेर बस्दिनँ’, उनले भनिन्, ‘मैले आ,त्हत्याको बाटो नरोजेर जंगको बाटो रोजेकी छु। तपाईंहरुले बंगलादेशलाई सम्झिनु होला। बंगलादेशको निर्माण कसरी भएको थियो? त्यहाँ पाकिस्तानी सैनिकहरुले महिलामाथि बला,त्कार गरेका थिए। महिलाहरुकै वि,द्रोहले बंगलादेश जन्मियो।’अरु देश पनि त्यसैगरी जन्मिएको उनले बताइन्। ‘बोर्सनिया, हर्जगोभिना सबै। जब जातीय भावनामा राष्ट्रियता ल्याईकन कुनै असहमत पक्षलाई आक्रमण गरिन्छ यदि त्यसामा हामी बेलामै सचेत भएनौं भने यसको परिणाम मूलुकको राष्ट्रिय एकताका लागि र मुलुकको राष्ट्रियताको लागि हुँदैन,’ उनले भनिन्। भिडियो हेर्नुहोस