राष्ट्रियताको सवालमा मधेसीलाई शंकाको दृष्टिले नहेर्न राजेन्द्र महतोको आग्रह

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी जसपाका नेता एवं सांसद राजेन्द्र महतोले राष्ट्रवाद कसैको पेवा नभएको प्रष्ट पार्नु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा भाग लिदै नेता महतोले राष्ट्रवादको परिभाषा फरक बन्न नुहने बताउनुभयो ।

उहाँले संविधान सबै जातजातिको हुन नसकेको र सबैले अपनत्व गर्न सक्ने नभएको चर्चा गर्दै संविधानमा सबैको अपनत्व कायम भए राष्ट्रवाद झन बलियो हुने बताउनुभयो ।

उहाँले विभेदका बिच पनि मधेसी जनताले नेपाली सीमाको रक्षा गरेको उल्लेख गर्दै उहाँले राष्ट्रियताको विषयलाई लिएर मधेसी जनतालाई कहिल्यै शंकाको दृष्टिले नहेर्न आग्रह गर्नु भयो ।

नेता महतोले संसदमा प्रस्तुत संविधान संशोधन प्रस्तावमा राजपाको पूर्ण समर्थन रहेको बताउदै नेपाली सेना सीमामा नबसे पनि मधेसीले सीमामा जहिले पनि रखबारी गर्ने बताउनुभयो ।

महाकाली सन्धि गर्दा र विगतमा सम्झौता गर्दा देखिएको गल्ती अब भने नदोहो¥याउन पनि महतोले चेतावनी दिनु भएको छ ।