‘जनता समाजवादीको औचित्य के ?’ प्रतिनिधिसभा बैठक छोडेर बाहिरिँदा सरिता गिरीले भनिन्

काठमाडौं, ३१ जेठ । आफ्नो संशोधन प्रस्ताव संसदमा अस्वीकृत भएपछि प्रतिनिधिसभा बैठकबाट बाहिरिनु भएकी सांसद सरिता गिरीले जनता समाजवादी पार्टीको औचित्यतामाथि नै प्रश्न उठाउनु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक सुरु हुना साथै प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको जानकारी दिएपछि सांसद गिरी बैठक छोडेर बिचमा नै बाहिरिनु भएको थियो ।

उहाँले बैठकमा बोल्न खोज्दा सभामखु सापकोटाले समय नदिएको भन्दै बस्न आग्रह गर्नु भएको थियो । तर बैठक छोेडेर बाहिर निस्कनु भएको थियो ।

बैठक छोडेर बाहिर निस्कदा उहाँले आदिवासी, जनजाति , दलित, मधेसी र महिलालाई समावेश गरेर समावेशी राष्ट्रवाद कायम नगर्ने हो भने जनता समाजवादी पार्टीको औचित्य नरहेको बताउनुभयो ।

सञ्चारकर्मीसंग कुरा गर्दै उहाँले आफु यो विषयमा पार्टी भित्र र बाहिर लडिरहने दृढता पनि व्यक्त गर्नुभयो ।-न्यूज२४

सरिता गिरि देश द्रोहको मुद्दा अदालत जादै रमेश प्रसाई