संसारभर रहेका कोरोना प्रभावित र नेपाल फर्किन चाहने नेपाली बिध्यार्थीहरुको आंकडा संकलन

गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिले संसारभर रहेका कोरोना प्रभावित र नेपाल फर्किन चाहने नेपाली बिध्यार्थीहरुको आंकडा संकलन कार्य सुरु गरेको छ। अध्यक्ष्य कुमार पन्तको अध्यक्ष्यतामा बसेको अन्तरास्ट्रिय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो।

यस कार्यको पहिलो चरणमा नेपाली बिध्यार्थिहरु जाने गन्तब्य मुलुकहरुमा प्रारम्भिक सर्वेक्षण गर्ने योजना रहेको कुरा संघका उपाध्यक्ष्य मन के सी ले बताए। उक्त सर्वेक्षण संघका राष्ट्रिय समन्वय समिति हरु मार्फत गरिने योजना रहेको छ। यस सर्वेक्षणमा कसैले पनि आफ्नो व्यक्तिगत विवरण दिनुपर्ने नभई बस्तुस्थिको जानकारी मात्र भर्नुपर्नेछ। तिन मिनटमा सकिने यो बिस्वब्यापी सर्वेक्षण सक्दो मात्रामा बढी से बढी प्रभावित बिध्यार्थीहरुले भाग लियपछि आर्को चरणको योजनालाई सघाउ पुग्नेछ।

यस सर्वेक्षण बाट प्राप्त विवरण, संघका राष्ट्रिय समन्वय समितिहरु बाट प्राप्त सूचना र सुझाब संकलन, सम्बन्धित राजदुताबास एबम बाणिज्य दुत हरुका कार्यालय, ब्यबसायिक प्रतिनिधिमुलक संस्थाहरु संगको समन्वय का आधारमा चरण बढ्द रुपमा रिपोर्ट नेपाल सरकार एबम अन्य सरोकारवाला निकायहरुलाई वितरण गरिने योजना रहेको कुरा यस कार्यदलका संयोजक संघका उपाध्यक्ष्य मन के सी ले जानकारी दिय।

साथै नेपाल बाहिर बिद्यार्थी भिसामा रहेर संसारभरी अध्ययन गरि रहेका बिध्यर्थिहरुलाई तलको लिंकमा गएर यो छोटो सर्भे सम्पन्न गर्न गराउन समेत संघले आब्हान गरेको छ।

https://www.surveymonkey.com/r/studentsoutsidenepal

अथवा
https://www.nrna.org/