‘भोटेको छोरा’ दीपेन गुरुङको स्वरमा रहेको गीत सार्वजनिक

काठमाडौं, जेठ २६ ।

दीपेन गुरुङको स्वरमा रहेको गीत ‘भोटेको छोरा सार्वजनिक भएको छ । २००३ देखि हङकङमा रहेर नेपाली गीत सङ्गीत प्रति सदैमा माया साथ दिने दीपेनको नयाँ गीत ‘भोटेको छोरा’को भिडियो सार्वजनिक भएको हो ।

हङकङमै छायाँकन गरिएको यो गीत युवापुस्तालाई लक्षित गरेर निकालिएको छ । डीजे कर्योनको विटस र कम्पोज रहेको गीतको भिडियोमा दीपेन गुरुङ, क्रान्ति रान र एलिशा एलिजावेथलाई फिचरिङ गरिएको छ । दीपेनका यसअघि आधा दर्जन भन्दा बढी गीत स्रोता/दर्शकमाझ आएका छन् ।

यो गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो ।