कुन बार जन्मने व्यक्ति कस्तो हुन्छन् हेरेर मनन गर्नुहोला : माता सबिता आचार्य

माता सबिता आचार्य
आइतबार : आइतबार जन्मने व्यक्ति भाग्यमानी हुन्छन् र यिनीहरुको आयु लामाे हुन्छ र आइतबार जन्मने व्यक्ति कम बोल्ने तर प्रतिभावान हुन्छन् र यो बार जन्मने मानिसलाई मान सम्मान पनि मिल्छ र धर्ममा रूची राख्ने उनीहरुले सबैलाई खुसी राख्छन् र आइतबार जन्मिने व्यक्तिले दैनिक सूर्यलाई जल चढाउदा फलदायी हुन्छ।

सोमबार:- साेमबार जन्मने व्यक्ति मिजासिलाे हुन्छन् उनीहरु एकदमै मिठाे बाेल्छन् र यो बार जन्मने मानिसहरु निकै बहादुर हुुन्छन् उनीहरु सबै सुविधाबाट सम्पन्न हुन्छन् र यो बार जन्मने मानिसहरु मिहीनेती हुन्छन् र यिनीहरु कफ राेगबाट ग्रसित हुन्छन् र साेमबार जन्मिने व्यक्तिले दैनिक चन्द्रमालाई जल चढाउदा फलदायी हुन्छ।

मंगलबार:- मंगलबार जन्मने व्यक्ति उग्र स्वभावका हुन्छन् यिनीहरु झगडालु हुन्छन् जसले गर्दा विवादमा फस्छन् यो बार जन्मने मानिसहरु बहादुर हुन्छन् भने रचनात्मक पनि हुन्छन् यिनीहरुले राम्राे नेतृत्व गर्न सक्छन् र मंगलबार जन्मने मानिसहरु तनाव महशुस गर्छन् र यिनीहरु छाला राेगबाट ग्रसित हुन्छन् र मंगलबार जन्मिने व्यक्तिले दैनिक गणेशकाे पुजा गर्दा फलदायी हुन्छ।

बुधबार:- बुधबार जन्मने व्यक्ति धार्मिक हुन्छन् यिनीहरुको दिमाग तगडा हुन्छन् मिठाे बाेल्ने हुन्छन् भने बुद्दिकाे कामबाट लाभ अत्यधिक लाभ मिल्छ र यिनीहरु लापरबाही गर्ने खालका हुुन्छन् र यिनीहरु अरूलाई लाेभ्याउन माहिर हुन्छन् भने बहुमुखी प्रतिभाशाली पनि हुन्छन् बुधबार जन्मिने व्यक्तिले दैनिक कृष्णकाे पुजा गर्दा फलदायी हुन्छ।

बिहिबार: – बिहिबार जन्मने व्यक्ति बुद्दिमानी हुन्छन् र यिनीहरु धेरै डराउने खालका हुन्छन् र यिनीहरु निकै भाग्यशाली हुन्छन् र कुनै कुरामा कट्टर हुन्छन् यिनीहरु सँधै खुसी हुन्छन् र बिहिबार जन्मिने व्यक्तिले दैनिक बिष्णुकाे पुजा गर्दा फलदायी हुन्छ।

शुक्रबार:- शुक्रबार जन्मने व्यक्ति राम्राे प्रवक्ता हुन्छन् र यिनीहरु निकै सहनशील हुन्छन् र मुश्किलदेखी डराउउने यी वार जन्मने व्यक्तिहरु करियरमा सफल हुन्छन् र यिनीहरु बुद्दिमानी हुन्छन् भने समाजमा प्रतिष्ठित हुन्छन् शुक्रबार जन्मिने व्यक्तिले दैनिक लक्ष्मिकाे पुजा गर्दा फलदायी हुन्छ।

शनिबार:- शनिबार जन्मने व्यक्तिलाई कृषी व्यापारबाट अत्यधिक लाभ मिल्छ यिनीहरु रचनात्मक काममा रूचि राख्छन् र यिनीहरु तनाबबाट ग्रसित हुन्छन् भने घरपरिवारमा सुख मिल्छ र यो बार जन्मने व्यक्ति अरूकाे इर्ष्या गर्ने हुन्छन् यिनीहरु जाेखिम देखी डराउँछन् र शनिबार जन्मिने व्यक्तिले दैनिक शनिकाे पुजा गर्दा फलदायी हुन्छ।