आजको राशिफल माता सबिता आचार्य

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना तथा थाती रहेका कामहरु सम्पादन हुने हुनाले दैनिकी सहज रुपमा अगाडी बढ्नेछ र सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारी तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् र धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जानेछ पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ माया प्रेमको डोरो कसिलो भएर जानेछ!!

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ र व्यापारमा मन्दी आउने तथा लगानी फस्ने सम्भावना रहेकोछ पढाइ लेखाइमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिस्पर्धीहरु हावी हुनेछन् स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ र माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुनेछ!!

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उत्तम बस्त्र,मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ र गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ!!

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तपाईको वरिपरी भएका प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ र अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ र तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला!!

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अन्य क्षेत्र मध्ययम रहेपनि बौद्धिक क्रियाकलाप तथा प्राज्ञिक क्षेत्र सँग सम्बन्धीत कामहरुबाट धन आर्जन हुनेछ अध्ययनमा अलि बढि समय दिन सके उत्कृष्ट नतिजा ल्याउन सकिनेछ र भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ र माया प्रेममा देखिएका तित्तताहरुलाई चिर्दै एक अर्कामा मन जित्न सकिनेछ सन्तान तथा छोरा छोरीको काम देखेर मन प्रशन्न हुनेछ!!

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ र व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि कृषि तथा पशुपालन व्यावसायबाट लाभ लिन सकिनेछ अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला र आफन्त,अग्रज तथा आमासँग राय बाजिनेछ!!

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुँदा मन प्रफुल्लित हुनेछ र अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछन् आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ र माया प्रेममा रमाउन चाहनेहरुका लागी दिनेछ साथ दिनेछ र सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ!!

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन तथा अनुशन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुसि रहनेछ र आफन्त तथा आत्मिय मित्रका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ र माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला!!

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् र कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ र राजनीति तथा समाज सेवामा लामो समय देखि समय दिनुभएको छ भने पद प्राप्तीको गतिलो योग रहेकोछ नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ!!

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् र आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ!!

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानो प्रयत्नले काम बन्नेछ सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् र दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ र बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ र औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ !!

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ र सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ साथै पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ र तरपनि तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला र अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला!!
तपाईहरुको दिन शुभ रहोस्
धन्यवाद !!